माइक्रोफाइनान्स कम्पनीहरुलाई समेत मर्जरमा लाने राष्ट्र बैंकको तयारी

Sep 06, 2017 merolagani

नेपाल राष्ट्र बैंकले माइक्रोफाइनान्स कम्पनीहरुलाई पनि मर्जरमा लाने तयारी थालेको छ । राष्ट्र बैंकले माइक्रोफाइनान्स कम्पनीहरुको पूँजीवृद्धि गर्न मर्जरमा लाने योजना बनाएको हो ।

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले लघुवित्त संस्थाहरुलाई पनि मर्जरमा लगिने तयारी थालिएको खुलासा गरेका हुन । लघुवित्तका अभियन्ता डा. हरिहरदेव पन्तको दोस्रो स्मृति दिवशका अवसरमा आयोजित कार्यक्रममा गभर्नर नेपालले सो जानकारी गराएका हुन । 

'लघुवित्त संस्थाहरु धेरै भए अब मर्जर तथा एक्विजिसन लानु पर्ने अवस्था देखिएको छ ।'गभर्नर नेपालले भने ।बैंक तथा वित्तीय संस्थाहरुको शाखा सञ्जाल विस्तारको क्रम जारी रहेकाले अहिले भएका लघुवित्तको संख्या घटाउनु पर्ने उनको भनाई थियो ।

अहिले राष्ट्र बैंकले लघुवित्त संस्थाको लाइसेन्स रोकेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् राष्ट्रियस्तरका लघुवित्त कम्पनीको लाइसेन्स बन्द गरेको थियो । गभर्नर नेपालले लघुवित्त कम्पनीहरुमा पछिल्लो समयमा विकृति भित्रीएको भन्दै नयाँ लाइसेन्स बन्द गर्नुपरेको बताए ।

हाल सञ्चालनमा रहेका चार दर्जन बढी लघुवित्त कम्पनीलाई थप सवल र सक्षम बनाउनका निमित्त पुँजी वृद्धिको नीति अगाडि सारिएको र यसको पहिलो विकल्पकमा रुपमा मर्जर तथा एक्जिजिशन रहेको राष्ट्र बैंकको स्रोतको भनाई छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।