नेपाली र विदेशी मुद्रा ओसारपसारमा कडाई, ५ हजार रुपैयाँ भन्दा बढि बोक्न नपाईने

Nov 26, 2015 Mero Lagani

नेपाल राष्ट्र बैंकले नेपाली र विदेशी मुद्रा ओसारपसारमा कडाई गरेको छ । केही दिनअघि भारतीय रुपैयाँ विनियमयमा हदबन्दी तोकेको बैंकले नगद नेपाली र विदेशी मुद्रा ओसारपसारमा समेत कडाई गरेको हो । नेपाली वा विदेशी नागरिक अन्य मुलुकमा जाँदा प्रतिव्यक्ति नेपाली रुपैयाँ ५ हजार भन्दा बढी साथमा लैजान र अन्य मुलुकबाट साथमा लिइ आउन नपाउने व्यवस्था गरेको छ । 

नेपाली तथा भारतीय मुद्रा अन्य मुलुकमा लैजान वा पठाउन नपाइने, भारतबाट अन्य मुलुकबाट ल्याउन नपाइने व्यवस्था रहेको भन्दै बैंकले तोकिएको सीमाभन्दा बढी ओसारपसार गर्नुपरे विदेशी मुद्राको हकमा भन्सार अधिकृतलाई जानकारी गराउन आग्रह गरेको छ । त्यसपछि भन्सार अधिकृतले प्रमाणित गरेको हुनुपर्ने बैंकले जनाएको छ । 

 

नेपाली वा विदेशी नागरिकले नेपालबाट अन्य मुलुक जाँदा प्रतिव्यक्ति अमेरिकी डलर ५ हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा भन्दा बढी नगदै सामान लैजान पाउने छैन् । तर विशेष प्रयोजनका लागि पासपोर्टमा बैंकले दरपिठ गरी सहटी दिएको हकमा सो बन्देज लाग्ने छैन् ।  नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी डलर ५ हजार भन्दा बढी ल्याएमा भन्सार घोषणा गरी प्रमाणित गरेको हुनुपर्छ ।

नयाँ व्यवस्थामा कुनै अड्चन भए फुकाउन सकिने अधिकार राष्ट्र बैंकसमक्ष छ ।

 

भारतीय मुद्रा सटहीमा राष्ट्र बैंकले लगायो हदबन्दी, भारतीय संचारमाध्यममा बन्यो गशिप

....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।