निर्धन उत्थानको बोनस सेयर पारित, चुक्ता पूँजी ५० करोड पुग्ने

Dec 27, 2015 Mero Lagani

निर्धन उत्थान बैंक (NUBL) ले ६२ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । बैंकको शनिबार सम्पन्न वार्षिक साधारणसभाले ४८.८१ प्रतिशत बोनस शेयर तथा १३.१० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरको हो ।

गत आर्थिक बर्षमा चार करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले १६ करोड रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने भएको छ । ३३ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकको बोनश शेयर वितरण पश्चात बैंकको चुक्तापूँजी करिब ५० करोड रुपैयाँ पुग्नेछ । 

त्यसैगरी बैंकको अधिकृत पुँजी रु ५० करोड वृद्धि गरी रु सय करोड पु¥याउने विशेष प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ ।

ग्रामीण क्षेत्रका गरिब परिवारका महिलाको आर्थिक, सामाजिक विकासका लागि बिनाधितो सामूहिक दायित्वमा कर्जा लगानी गर्दै आइरहेको बैंकले चालु आवमा दुई लाख ७३ हजार ग्राहकसमक्ष सेवा पु¥याउने योजना बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले जानकारी दिए । 

राम्रा लघुवित्तका शेयर किने मालामाल, उचालिएर खराब कम्पनीका शेयर किन्दा डुब्ने चाल

हेर्नुस्, कस्तो छ निर्धन उत्थान र समीट माइक्रोको प्रगति ?

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।