गण्डकी विकास बैंकको पछिल्लो ५ वर्षको इतिहास यस्तो, लगानी गर्नु कति ठिक कति बेठिक ? कम्पनी विश्लेषण

Dec 28, 2015 Mero Lagani

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड १ लाख रुपैंया खुद नाफा कमाएको गण्डकी विकास बैंक (GDBL) ले गत आर्थिक वर्षको खुद नाफाबाट २३ प्रतिशत बोनस शेयर बितरण गरिसकेको छ । विकास बैंकहरुमा अग्रणी स्थानमा रहेको बैंकमा लगानीकर्ताको पनि चासो उत्तिकै छ । यहि अवस्थामा बैंकको वित्तीय अवस्था कस्तो छ भनेर यो कम्पनी विश्लेषण तयार पारिएको छ ।

 

३५ करोड २० लाख रुपैंया चुक्ता पूँजी हुँदा बैंकले गत आर्थिक वर्षमा १० करोड ८८ लाख रुपैंया खुद नाफा कमाएको थियो । पोखरामा मुख्य कार्यालय रही १० जिल्लामा २१ वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको ख वर्गको बैंकले लगानीकर्तालाई अपेक्षा गरे अनुसारको प्रतिफल दिएको छ ।

२०६१ साल माघ १२ गतेदेखि सञ्चालनमा आएको बैंकले अनुत्पादक क्षेत्रमा भैरहेका साना लगानीको रकमलाई उत्पादनशिल क्षेत्रमा लगानीका लागि अभिप्रेरित गर्ने लक्ष्यका साथ सेवा प्रदान गर्दै आएको छ ।

गत आर्थिक वर्षको कमाइबाट २३ प्रतिशत बोनस शेयर बितरण गरेको बैंकको अहिले चुक्ता पूँजी ४३ करोड २९ लाख रुपैंया छ । यो रकम ५ वर्ष पहिले १० करोड रुपैंया मात्र थियो । यसरी हेर्दा ५ वर्षको अवधिमा बैंकले पुँजी पाँचै गुणाले वृद्धि गरेको छ ।

 

आर्थिक वर्ष २०६६ ६७ मा १ अर्ब ४ करोड रुपैंया निक्षप संकलन गरेको बैंकले ५ वर्षको अवधिमा यसमा व्यापक सुधार गरि गत आर्थिक वर्षसम्ममा ४ अर्ब ५१ करोड रुपैंया पुर्याएको छ ।


त्यसै गरि कर्जा प्रवाहमा पनि बैंकले ५ वर्षको अवधिमा राम्रो सुधार गरेको छ । यस क्रममा आर्थिक वर्ष २०६६ ६७ मा १ अर्ब ४ करोड रुपैंया रहेको कर्जा प्रवाहलाई बैंकले ३ अर्ब ८४ करोड रुपैंयामा पुर्याएको छ ।

 

 

बैंकले विभिन्न पाँच शिर्षकमा कर्जा प्रवाह गरेको छ । जसमा सबै भन्दा धेरै झण्डै ५२ प्रतिशत कर्जा प्रवाह ओभरड्राफ्ट शिर्षकमा भएको छ ।

 


 

पाँच वर्षको अवधिमा प्रति शेयर आम्दानी २० रुपैंयाबाट बढाएर गत आर्थिक वर्षसम्मा आइपुग्दा ३१ रुपैंयाभन्दा माथिसम्म पुर्याएको बैंकले खुद नाफा कमाइमा पनि उक्त अवधिमा छलाङ मारेको छ । यस अवधिमा उसले खुद नाफा २ करोडबाट बढाएर १० करोड रुपैंया पुर्याएको छ ।


 

कसरी पुर्याउँदैछ बैंकले चुक्ता पूँजी १ अर्ब २० करोड ?

अहिले बैंकले गत आर्थिक वर्षको २३ प्रतिशत बोनस शेयर बितरण गरिरहेको छ । शेयर बितरण पश्चात सुचीकृत भए पछि चुक्ता पूँजी ४३ करोड रुपैंया पुग्नेछ ।

यसै आर्थिक वर्षमा ३५ करोड को २० प्रतिशतले हुने १० करोड ५६ लाख रुपैंयाको हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको बैंकले निष्काशन पश्चात चुक्ता पूँजी ५३ करोड रुपैंया पुग्ने छ ।

चालु आर्थिक वर्षमा १० करोड रुपैंया बराबरको बोनस शेयर बितरण गरि बैंकले चुक्ता पूँजी ६३ करोड रुपैंया पुर्याउने छ भने आगामी आर्थिक वर्षमा बैंकले फेरी ४० करोड रुपैंयाको हकप्रद शेयर निष्काशन गरि चुक्ता पूँजी झण्डै १ अर्ब ४ करोड रुपैंया पुर्याउने छ ।

आगामी आर्थिक वर्षमा झण्डै १८ करोड रुपैंयाको बानेस शेयर जारी गरेर बैंक आफैंले १ अर्ब २० करोड रुपैंया चुक्ता पूँजी पुर्याउने योजना बनाएको छ । यस क्रममा मर्जरको विकल्पलाई पनि बैंकले खुल्ला राखेको छ ।

         बैंकका सबल पक्षहरु :

  • नियमक निकायले तोकेका सबै
  • किसिमका मापदण्ड पुरा गर्न सफल हुनु ।
  • निक्षप संलनमा ४५ दशमलव ५३ प्रतिशतले बिस्तार गरि व्यवशाय बिस्तारका लागि मार्ग प्रशस्त गर्न सक्नु ।
  • निक्षेप संकलन कै अनुपातमा कर्जा प्रवाह पनि बिस्तार गर्न सक्नु
    निक्षप संकलनको भरपुर सदुपयोग गर्न सक्नु ।
  • खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३७ दशमलव ५१ प्रतिशतले सुधार गर्न सक्नु । 
  • खुद नाफाको आडमा निरन्तर रुपमा प्रतिशेयर आम्दानीमा वृद्धि हुनु ।
  • जगेडा कोषको आकार बढ्दा अन्य सुचकको सहयोगमा प्रतिशेयर नेटवर्थमा पनि उल्लेख्य सुधार देखिनु ।
  • मुख्य कुरा खराब कर्जा अनुपात शुन्य भन्दा तलै राखिरहन सक्नुले कोषको भरपुर सदुपयोग गर्न सक्ने अवस्थामा हुनु ।
  • लगानीकर्तालाई नियमित रुपमा आकर्षक प्रतिफल दिन सक्नु ।
    बैंकका कमजोर पक्षहरु :
  • व्यवशायिक सफलता पाउने क्रममा सेवा क्षेत्र १० जिल्लामा मात्र सिमित हुनु ।
  • नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी १ अर्ब २० करोड रुपैंया २ वर्षमा जुटाउने सहज उपाय नदेखिनु ।
  • मुल्य आम्दानी अनुपात पीई रेशियो ९ दशमलव ८९ प्रतिशत मात्र हुनुले शेयर बजारमा शेयर मुल्य कम हुन जानु ।

यसरी हेर्दा नियमक निकायले तोकेको मापदण्ड पुरा गर्न सक्नुले बैंकलाई सबल देखाएको छ । मुल्य आम्दानी अनुपात, प्रतिशेयर आम्दानीका सुचा.कले लगानीकर्तालाई बैंकको शेयरमा आकर्षित गर्ने अवस्था छ । लगानीकर्ताले हेर्ने ५ वर्षका सबै सुचांक सकरात्मक हुनुले पनि लगानीकर्तालाई आकर्षित गर्न सफल हुने देखिएको हो ।

पोखराका बिकास बैंक र फाईनान्सहरु बलियो र सक्षम देखिनुको यस्तो रहेछ रहस्य

गण्डकी विकास बैंकले गर्यो कमाल, निष्किृय कर्जामा दरिलो सुधार, नाफा पनि बढ्यो

हाम्रो विकास बैंक र गण्डकी विकास बैंकको नाफामा उल्लेख्य सुधार

१० करोड ५६ लाख रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्दे गण्डकी विकास बैंक

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।