वैदेशिक लगानी आकर्षित गर्न राजधानीमा सुरु भयो लगानी सम्मेलन

Mar 02, 2017 merolagani

अन्तर्रा्ष्ट्रिय लगानीकर्तालाई नेपाल उपयुक्त गन्तव्य बनाउने उद्देश्यले आयोजना गरिएको लगानी सम्मेलन आजबाट राजधानीमा सुरु भएको छ । दुई दिने सम्मेलनमा विश्भरका २५० बढी संस्थागत तथा व्यक्तिगत लगानीकर्ता र करिब ३०० स्वदेशी लगानीकर्ता, नीतिनिर्माता तथा विज्ञहरुको सहभागिता  रहेको छ ।

सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे । दुई दिनसम्म चल्ने सम्मेलनमा भारतीय अर्थमन्त्री अरुण जेट्ली प्रमुख वक्ताको रुपमा सहभागी हुँदैछन्। सम्मेलनमा दोस्रो ठूलो बक्ताका रुपमा एसियन इन्फ्रास्टक्चर इन्भेष्टमेन्ट बैंकका प्रेसिडेन्ट जिन लिछिन रहेका छन् ।

सम्मेलनमा माइक्रोसफ्टका दक्षिणपूर्वी क्षेत्रका महाप्रवन्धक मिहिल्ली सिमोन्स, कोकाकोला नेपालका एमडी पुनित भर्सेनी लगायतका लगानीकर्ताको सहभागीता रहेको छ ।

सम्मेलनमा सबैभन्दा बढी चीनबाट ८९ ख्याती प्राप्त कम्पनीका प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलनमा चीन र भारत बाहेक श्रीलंकाका २०, जापानका १५, मलेसियाका १३, क्यानाडाका १२, हङकङका १०, बेलायत, दक्षिण कोरिया लगायतका देशबाट सहभागी हुनेछन्।

सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादनलगायतका क्षेत्रसँगसम्बन्धित विभिन्न विषयगत सत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिने छ ।

सम्मेलनमा लगानीकर्ताका लागि विशेष सूचना कक्ष, लगानीकर्ताबीच आपसी बैठक, सरकार र लगानीकर्ताबीच बैठकको समेत व्यवस्था गरिएको छ ।

सम्मेलनमा करिब एक खर्बको लगानी विभिन्न क्षेत्रमा प्रतिबद्धता हुने मन्त्रालयको अनुमान छ । सम्मेलनमा गरिएका प्रतिबद्धता र निर्णयको प्रभावकारी कार्यान्वयन गराउने उद्देश्यले नीतिगत सुधार समिति, परियोजना बैंक परिमार्जन समिति, औद्योगिक प्रवद्र्धन समिति तथा समग्र समन्वय समिति गठन गरिने मन्त्रालयले जनाएको छ ।

सम्मेलन फागुन १९ र २० गते गरी दुई दिन चल्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।