ज्योति विकास बैंक र ज्योतिले एक्वायर गरेको राप्ती भेरीले त्रेस्रो त्रैमासमा गरे गजबको प्रगति

May 02, 2017 merolagani

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ज्योति विकास बैंकले १३५ प्रतिशत र राप्तीभेरी विकास बैंकले ६५ प्रतिशतले खुद नाफा बढाएका छन् । दुबै बैंकले चालु आवको नौ महिनामा निक्षेप, कर्जा लगानी, चुक्तापुँजीमा उल्लेख्य सुधार गरेका छन् ।

ज्योतिको गत बर्षको त्रेस्रो त्रैमासमा आठ करोड २० लाख खुद नाफा रहेकोमा यसबेला १९ करोड २६ लाख पुगेको छ । ज्योतिले एक्वायर गरेको राप्तीभेरी विकास बैंकले पनि ६५ लाख ३७ हजारबाट ६५ प्रतिशतले बढाएर एक करोड आठ लाख रुपैयाँ खुद नाफा पुर्याएको छ ।

हाल ज्योतिको चुक्तापुँजी एक अर्ब १० करोड र जगेडा कोषमा ३४ करोड रुपैयाँ सञ्चित रहेको रुपैयाँ छ । राप्तीभेरीले १४ करोड ३७ लाख रुपैयाँ चुक्ता पूँजी र तीन करोड २६ लाख रुपैयाँ जगेडा कोषमा राखेको छ ।

यस अवधिमा ज्योतिले नौं अर्ब ३५ करोड निक्षेप संकलन र आठ अर्ब ३८ करोड रुपैयाँ कर्जा परिचालन गरि ३५ करोड ६१ लाख रुपैयाँ खुद व्याज आम्दानी कमाएको छ । राप्तीभेरीले एक अर्ब तीन करोड निक्षेप संकलन र ८८ करोड ८० लाख रुपैयाँ कर्जा परिचालन गरि तीन करोड सात लाख रुपैयाँ खुद व्याज आम्दानी कमाएको हो ।

निष्कृय कर्जा अनुपात ३.४० बाट शुन्य दशमलव ९९ प्रतिशतमा झारेको ज्योतिको प्रतिसेयर आम्दानी २३.३१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३०.८६ रुपैयाँ, तरलता अनुपात २४.०५ प्रतिशत र मूल्य आम्दानी अनुपात १७.३३ गुणा रहेको छ ।

उता राप्तीभेरीको निष्कृय कर्जा अनुपात शुन्य दशमलव ६० प्रतिशत, प्रतिसेयर आम्दानी १०.०२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११८.९१ रुपैयाँ, तरलता अनुपात २९.६३ प्रतिशत र मूल्य आम्दानी अनुपात ३६.४२ गुणा रहेको छ ।

दाङ, बाँके र बर्दिया गरि तीन जिल्ला कार्यक्षेत्र भएको राप्ती भेरीलाई ज्योतिले एक बराबर एक स्वापमा एक्वायर गर्ने सम्झौता गरेको छ । साथै बैशाख १३ गतेसम्म सेयर खरिद गरेका लगानीकर्तालाई ज्योतिले यहि बैशाख २८ गतेदेखि एक बराबर एक अनुपातमा हकप्रद बिक्री गर्देछ । हकप्रद र राप्ती भेरीलाई खरिद गरे पश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब ३७ करोड हाराहारीमा पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।