त्यसभन्दा माथि १५० र १६० कित्ताका आवेदकलाई दश कित्ताका दरले सेयर वितरण गरिएको छ भने १७० कित्तादेखि बढी आवेदन गर्नेलाई ६.३८ प्रतिशतका दरले सेयर वितरण गरिएको छ ।
जस अनुसार १७० कित्ता आवेदन गर्नेले ११ कित्ता तथा सबैभन्दा बढी २५ हजार ५८० कित्ता आवेदन गर्नेले १६३० कित्ता सेयर पाएका छन। क्यापिटलका अनुसार ९९ जना आवेदकले १६३० कित्ताका दरले सेयर पाएका छन ।
कम्पनीले २५ लाख ५८ हजार एक सय ४० कित्ता नयाँ सेयर बिक्री खुला गरेकोमा ११.४ गुणा बढी आवेदन परेको थियो ।
स्टाण्डर्ड चार्टर्डको एफपीओ निष्कासन हुँदा मेरोलगानीले यस प्रकारको खबर प्रकाशीत गरेको थियो । त्यत्तीबेला यो खबर प्रकाशन गर्दा थुप्रै लगानीकर्ताले आलोचना समेत गरेका थिए ।
.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।