जसका लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेलाई नियुक्त गरेको छ ।
सेयर प्रबन्धक नियुक्त सम्बन्धी सम्झौतामा सोमबार रिभर फल्स पावर लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाई र एनआईसी एसिया क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेका छन् ।
रिभर फल्स पावर लिमिटेडको जारी पूँजी मध्ये ४९ प्रतिशत अर्थात ३४ लाख ३० हजार कित्ता साधारण शेयर उद्योग प्रभावित संखुवासभा जिल्लाका स्थानीय बासिन्दा लगायत सर्वसाधारणहरु र कर्मचारीमा एनआईसी एसिया क्यापिटल मार्फत निष्काशन गरिने छ ।
९.५ मे.वा. क्षमताको डाउन पिलुवाखोला साना जलविद्युत आयोजनामा सेञ्चुरी बैंकको अगुवाइमा नेपाल इन्भेष्टमेन्ट बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, प्रभु बैंक र भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडको सहवित्तीयकरण कर्जा लगानी हुने सम्झौता सम्पन्न भइसकेकोे कम्पनीले जनाएको छ ।
निष्काशन तथा विक्री प्रबन्धक संगै एन आई सी एशिया क्यापिटलले पुंजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । हालै एन आई सी एशिया क्यापिटलले निः शूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन शुल्क पूर्णरुमा नलाग्ने व्यवस्था गरेको छ ।
.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।