एभरेष्टसँग मर्जमा जानेबारे लक्ष्मीको साधारणसभामा यस्तो भयो चर्चा

Jun 27, 2017 Merolagani

तीर्थराज पौडेल

एभरेष्ट बैंक(EBL)सँग मर्जर तथा प्राप्ति सम्झौतामा जाने विषयमा लक्ष्मी बैंक(LBL)को सोह्रौं बार्षिक साधारणसभामा सेयरधनीहरुले ब्यवस्थापनको धारणा माग गरेपछि नयाँ खुलासा भएको छ । साधारणसभामा बोल्ने सेयरधनीहरुले एभरेष्ट बैंकसँग के कस्तो शर्तमा कुराकानी भईरहेको छ ? भन्ने प्रश्न गरेपछि ब्यवस्थापनले त्यसको जवाफ दिएको छ ।

मंगलबार राजधानीमा आयोजित १६ औं साधारणसभामा सेयरधनीको जिज्ञासाको जवाफ दिदै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले एभरेष्ट बैंकको नाम उच्चारण नगरी केही बैंकसँग मर्जर तथा प्राप्तीको कुराहरु चलेको र सेयर स्वाप रेसियो निर्धारण भईनसकेको स्पष्ट पारे ।


प्रमुख कार्यकारी खालिङ्गले मर्जर तथा प्राप्तिको कुराहरु सम्झौता नभईकन कुन हदसम्म बाहिर ल्याउने भन्ने प्रक्रिया त्यति सहज नभएको भन्दै लक्ष्मी बैंक स्पष्ट भएको र सम्पत्ति तथा दायित्वको मूल्याङ्कन प्रतिवेदन(डीडीए)बाट आउने स्वाप रेसियो सम्मानजनक हुनेछ भन्नेमा बैंकमा विश्वस्त रहेको बताए ।


साधारणसभाको औपचारिक शत्रमा ब्यवस्थापनले दिएको जवाफ चित्तबुझ्दो नभएको लागेपछि सेयरधनीहरु लक्ष्मी बैंकका पुर्व अध्यक्ष तथा चर्चित उद्यमी राजेन्द्र खेतानलाई बाहिरिनबाट रोकेर प्रश्नको ओईरो लगाए । सेयरधनीहरुको प्रश्नमाथि प्रश्न आउन थालेपछि खेतानले आफुहरुले एभरेष्ट बैंकसँग ५० सेयर स्वाप रेसियो माग गरेको र उ विदेशी लगानीको बैंक भएकोले सम्पत्ति तथा दायित्वको मूल्याङ्कन प्रतिवेदन अनुसार मर्जर तथा प्राप्ति हुने बताए ।


उनले एभरेष्ट बैंकसँग मर्जर तथा प्राप्ती हुन नसकेको अवस्थामा पनि बैंकको चालु आर्थिक बर्षको कमाई जोड्दा करिब ९ अर्ब चुक्ता पूँजी पुग्ने र साधारणसभाबाट पारित व्यवसाय विस्तारको योजनाबाट बैंक अगाडि बढ्ने बताए । एभरेष्ट भन्दा आफुहरुको पोर्टफोलियो र पूँजीगत आधार बलियो भएको दावी गर्दै खेतानले चित्तबुझ्दो कुरा नभए लत्रेर मर्जमा नजाने स्पष्ट पारे ।


मंगलबार सम्पन्न भएको साधारणसभाले यसअघि जारी गरिएको १०० प्रतिशत हकप्रद समेतले पाउने गरी १८.२९ प्रतिशत बोनस बितरणको प्रस्ताव पारित गरेको छ । साधारणसभाले बैंक आफैं वा कुनै स्वेदेशी वा विदेशी कम्पनीको संयुक्त लगानीमा वा सञ्चालन भईरहेका कम्पनीको पुरै वा आशिंक सेयर खरिद गर्ने वा सहायक कम्पनी स्थापना गरी जीबन बीमा, निर्जिवन बीमा, पुर्नबीमा, भेञ्चर क्यापिटल÷ प्राईभेट इक्वीटी-हेज फण्ड, क्रेडिट रेटिङ, धितोपत्र दलाल,धितोपत्र बजार, फिन्टेक सम्बन्धी सेवा प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ । यस एजेण्डाले लक्ष्मी बैंक कारोबारलाई अरु बिस्तार गरी अगाडि बढ्न खोजेको स्पष्ट गर्दछ ।

साधारणसभाले सर्बसाधारण सेयरधनीको तर्फबाट संचालक सदस्यमा विश्वकरण जैन र स्वाती रुंगटालाई पुनःनिर्वाचित गरेको छ । साथै साधारणसभाद्धारा बैंकको संस्थापक साधारण सेयरधनीको अनुपात परिवर्तन गरी संस्थापक सेयर ५१ प्रतिशत र साधारण सेयरको अनुपात ४९ प्रतिशत बनाउने विशेष प्रस्ताव पनि पारित गरेको छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।