प्राईम बैंकले बनायो २९ प्रतिशत बोनस बाँडेर आठ अर्ब पुर्याउनसक्ने हैसियत

Aug 04, 2017 Merolagani

सेयर बजारमा धेरै लगानीकर्ताहरुले खासै महत्व नदिएको प्राईम कमर्शियल बैंक(PCBL)ले यसपटक २९ प्रतिशत बोनस सेयर बितरण गरेर चुक्ता पूँजी आठ अर्ब पुर्याउनसक्ने हैीसयत बनाएको छ ।

 

गत आर्थिक बर्षको खुद नाफा नै एक अर्ब ४८ करोड कमाएर प्रगति गरेको बैंकले आफुमा गाभिएका बिराटलक्ष्मी र कन्ट्रीको स्वाप र सेयर प्रिमियम समेतको हिसाब गरी २९ प्रतिशत बोनस दिएर एक अर्ब ७८ करोड चुक्ता पूँजी थप्नसक्ने ढुक्कको अबस्था बनेको हो ।

प्राइम बैंकले बिराटलक्ष्मीका सेयरधनीलाई एक सय कित्ता बराबर ७५ कित्ता तथा कन्ट्रीका सेयरधनीलाई एक सय कित्ता बराबर प्राइमको ४० कित्ता सेयर दिएर खरिद गरेको हो ।

प्राईम बैंकको निक्षेप र कर्जा परिचालन उल्लेखनीय रुपमा बृद्धि भएको छ भने अन्य सबै सूचकहरु सकारात्मक देखिएका छन् । दुई वटा बिकास बैंकहरुलाई एक्विजिशन गर्दा पनि निस्क्रिय कर्जा ठूलो मात्रामा घटाउनसक्नुको ठूलो सफलता हो । ब्याज आम्दानी धेरै गरे पनि कोषको लागत दोब्बर बढ्न गई ब्याज खर्च धेरै तिर्नु परेका कारण खुद ब्याज आम्दानी धेरै देखाउन सकेन । सीडी रेसियो ७६ र स्प्रेड दर ३.४५ प्रतिशत मात्र रहेकाले उसले कर्जा परिचालनमा अरु प्रगति गर्नसक्छ ।

गत बर्ष ३० प्रतिशत हकप्रद, १७ प्रतिशत बोनस र बिकास बैंकहरुलाई विलय गराएर पूँजी बढाएको बैंकको प्रति सेयर आम्दानी भने सन्तलन हुन सकेन । तर र्यकिवटीमा प्रतिफलको अबस्था २०.६५ बाट १९.९६ प्रतिशत हुनुबाट पनि प्राईमबाट लगानीकर्ताले आशा गर्ने धेरै बलियो आधार छ ।

प्राईम बैंकको खुद नाफा मेरोलगानीले आँकलन गरेभन्दा दुई करोडले मात्र कम हो
मूल्य आम्दानी अनुपात १७.९६ गुणा मात्र रहेकाले उसको सेयर किन्नुमा धेरै जोखिम नरहेको देखाउँछ । प्राईमको राम्रो बित्तीय बिबरण आउने र आगामी साधारण सभामा दिने बोनसका आँकलन गरेर केही दिन यता उसको सेयर खरिदमा लगानीकर्ताहरुको चाप परेको प्रष्ट भएको छ ।

केही नदिने कम्पनीहरुको सेयर मूल्य उचालिएर किन्नु भन्दा प्राईम जस्तो राम्रो कम्पनीको सेयरमा लगानी गरी ढुक्कको प्रतिफल खानुमा नै आफ्नो हित छ भनी लगानीकर्ताले बनाएको सोचाई जायज ठहरिएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।