चीनले सन् २०२० सम्म ६ हजार अवैध कोइलाखानी बन्द गर्ने

Aug 26, 2017 rss

बेइजिङ। चीन सरकारले आउँदो सन् २०२० सम्ममा देशभरीका झन्डै छ हजार गैर कानुनी कोइला खानी बन्द गर्ने भएको छ । कोइलाखानीका कामदारको सुरक्षालाई ध्यान दिँदै अवैध कोइलाखानी बन्द गराउन सन् २०१६ देखि नै सुरु गरिएको अधिकारीहरुले बताएका छन् ।

 

सन् २०१५ देखि यस्ता अवैध कोइलाखानीमा हुँदै आएको १५ प्रतिशत दुर्घटना घटेर १० प्रतिशत भएको मजदुर सुरक्षासम्बन्धी प्रान्तीय कार्यालयले जनाएको छ ।

अवैध कोइलाखानीलाई नियन्त्रण गर्नका लागि संयुक्त अनुगमन गर्ने, सूचना प्रवाह गर्न एउटा छुट्टै संयन्त्र बनाउने, मजदुरहरुको सुरक्षाका मापदण्ड बनाउनेलगायतका कार्य गरिने भएको छ । कोइलाखानीमा उद्धार टोली पुनःगठन गर्ने र अनुसन्धानबाट प्राप्त विवरणलाई सार्वजनिक गरी सुधार गराउने कार्य पनि गर्ने अधिकारीले बताएका छन् ।

चीनले कार्यक्षेत्रमा हुने दुर्घटना न्युनिकरणका लागि निकै महत्व दिएको छ । गत जनवरीदेखि जुलाइसम्ममा २७ हजार ४७८ वटा दुर्घटना गएको अधिकारीले बताएका छन् । रासस/सिन्ह्वा

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।