भारतमा प्रतिबन्धित पाँच सय र हजारका नोट केन्द्रीय बैंकमा ९९ प्रतिशत फिर्ता

Aug 31, 2017 merolagani

भारतमा अघिल्लो वर्ष अप्रत्याशित रुपमा अवैध मुद्रामा नोटबन्दी लगाइएपछि प्रतिबन्धित रहेका उच्च दरका लगभग सबै नोट भारतीयहरुले फिर्ता गरेका छन् । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाका अनुुसार ती नोटहरु मध्ये १५२.८ टन रुपियाँ अर्थात २४२ अरब डलर बैंङ्किङ प्रणालीमा फिर्ता आएकोे छ ।

 

 

 

यो रकम प्रतिवन्धित उच्च दरका नोट मध्येको ९९ प्रतिशत हो ।

पाँच सय र एक हजार रुपियाँका नोटको प्रतिबन्धसँगै बैंङ्कहरुमा रकमको अभाव भएको थियो । पाँच सय र एक हजार रुपियाँका नोटहरुले भारतीय बजारमा रहेका नोटको ८५ प्रतिशत हिस्सा ओगट्ने गरेको बताइएको छ । 

लगभग सवै प्रतिबन्धित नोट फर्किएपनि रिजर्भ बैंक अफ इन्डिया ले नोटबन्दी अभियानलाई पूर्ण रुपमा सफल भने मानेको छैन ।

वैकका अनुसार कृषि, ग्रामीण अर्थतन्त्र र बस्तुको व्यापारका क्षेत्रमा नगद कारोबारमा निर्भर हुने स्थानमा भने नराम्रोसँग प्रभाव परेको छ । धेरै कम आय भएका व्यापारी र साधारण बचतकर्ता जो नगदी अर्थव्यवस्थामा निर्भर रहेका थिए, उनीहरु यसबाट नराम्रोसँग प्रभावित भएका थिए ।

सरकारी निर्णयले आर्थिक वृद्धिलाई सुस्त पार्न भूमिका खेलेको केही विश्लेषकले जनाएका छन ।
सरकारी अधिकारीहरुले गत वर्ष यसरी अवैध रुपमा राखिएका नोटहरु जफत गर्न सजिलो हुने भन्दै प्रतिबन्धको घोषणा गरेका थिए । योे कदमबाट अघोषित धनका बचतकर्ताहरुलाई कानुनी रुपमा पैसा विनिमय गर्नका लागि अप्ठ्यारो हुने आशा गरिएको थियो । त्यसले यो नीतिको घोषणामा प्रश्न उठ्नुका साथै भारतभर अन्यौलको अवस्था निम्त्याएको थियो ।

अर्कातर्फ आफूसँग भएका नोटहरु साट्ने आशमा आएका मानिसहरुको अत्याधिक भीडलाई व्यवस्थापन गर्न प्रहरी परिचालन गरिएको थियो ।

भारतको केन्द्रिय वैकले भारत बाहिर रहेका प्रतिवन्धित नोटको अवस्थाका वारेमा भने केही खुलाएको छैन । भारतमा काम गर्न जानेहरुले नेपाल ल्याएका तर साट्न नपाएका प्रतिबन्धित नोटहरुले समष्या उत्पन्न गराएको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।