इन्भेष्टमेन्ट बैंकको बुधबारको सेयर कारोबार राफसाफ नगर्न धितोपत्र बोर्डको निर्देशन

Sep 08, 2017 merolagani

नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) को बुधबार एक दिनको सेयर कारोबार राफसाफ नगर्न सिडिएसीलाई निर्देशन दिएको छ । लाभांशको बिषयमा बैंकले गलत सूचना जारी गर्दा लगानीकर्ता मर्कामा परको भन्दै छानबिन गर्दे गरेको बोर्डले सो दिनको राफसाफ नगराउन निर्देशन दिएको हो ।



धितोपत्र बोर्डले शुक्रबार सिडिएस एण्ड क्लियरिङलाई पत्रचार गर्दे गत भदौ गते २१ बुधबार एक दिनको  कारोबार राफसाफ नगर्न निर्देशन दिएको हो ।

सिडिएसिका प्रमुख कार्यकारी अधिकृत देव प्रकास गुप्ताले गत बुधबार भएको नेपाल इन्भेष्टमेन्ट बैंकको सम्पूर्ण कारोबारको राफसाफ नगर्न नगराउन बोर्डबाट पत्रचार भएको जानकारी दिए । सोही अनुसार ब्रोकरहरुलाई पनि जानकारी गराइएको सिडिएससीले जनाएको छ । अर्को निर्णय नभएसम्मका लागि सो दिन कारोबार भएको सेयरको राफसाफ नहुने भएको हो । 

इन्भेष्टमेन्ट बैंकले लाभांश बारेको सूचना जारी गरेको दिन गत बुधबार ७ करोड रुपैयाँ बढीको ९१ हजार २४७ कित्ता सेयर किनबेच भएको थियो । 

यता धितोपत्र बोर्डले सो सम्बन्धमा इन्भेष्टमेन्ट बैंकसँग तीन दिने म्याद दिएर स्पष्टीकरण माग गरेको छ । बोर्ड स्रोतका अनुसार बोर्डले दिएको समय सिमा आइतबार पुरा हुन्छ । स्पष्टीकरणको जवाफ आएपछि मात्र कारबाहीको प्रक्रिया अगाडि बढ्ने बोर्डको भनाई छ । कारबाहीको टुङ्गो नलागेसम्मका लागि बुधबार एक दिनको राफासाफ रोक्न सिडिएससीलाई जानकारी गराईएको बोर्ड स्रोतले मेरो लगानीलाई जानकारी दियो ।

बुधबार इन्भेष्टमेन्ट बैंकले बजार खुलेलगत्तै २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने सूचना प्रवाह गरेको थियो । तर, त्यसको केही समयपछि ‘टाइप मिस्टेक’ भन्दै बैंकले अघिल्लो सूचनालाई सच्याई २५ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयरको निर्णय गरिएको जानकारी गराएको थियो ।

यसबीचमा बैंकको प्रतिकित्ता सेयरमूल्यमा नै ६० रुपैयाँ बढी तलमाथि परिसकेको थियो । बजार खुल्दा प्रतिकित्ता ७४३ रुपैयाँ रहेको बैंकको सेयरमूल्य प्रतिकित्ता ८०५ रुपैयाँ सम्म पुगेको थियो । बजार बन्द हुदा सेयरमूल्य ७६२ रुपैयाँ कायम भएको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।