सूर्या लाईफ इन्स्योरेन्सको बोनस र हकप्रद पारित

Sep 13, 2017 merolagani

सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड (SLICL) ले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीको नवौ बार्षिक साधारणसभाले बोनसपछि कायम पूँजीको ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साथै कम्पनीले कर प्रयोजनको लागि ३४ लाख ५३ हजार नगद लाभाँस वितरण गर्ने भएको छ ।

इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको कमाईबाट उक्त बोनस बितरण गर्ने भएको हो । हाल इन्स्योरेन्सको चुक्ता पूँजी ६५ करोड ६२ लाख ५० हजार रुपैंया छ । बोनस पश्चात चुक्ता पूँजी ७२ करोड १८ लाख ७५ हजार रुपैंया पुग्नेछ ।

प्रस्तावित हकप्रद निष्काशन पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब एक करोड छ लाख २५ हजार रुपैंया पुग्नेछ ।

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।