प्राधिकरणमा पिपिएका लागि जलविद्युत आयोजनाको चाङ

Sep 15, 2017 merolagani

रमेश लम्साल, रासस
काठमाडौँ, ३० भदौ । निजी क्षेत्रका ऊर्जा उत्पादकले करिब छ हजार मेगावाट क्षमताका आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए)का लागि नेपाल विद्युत प्राधिकरणमा आवेदन दिएका छन ।

 

गत आर्थिक वर्षदेखि हालसम्म आवेदन दिइएका ती आयोजनाका बारेमा प्राधिकरणले भने कुनै निर्णय गरेको छैन । ती सबैजसो आयोजना नदी प्रवाहमा आधारित आयोजना हुन । वर्षाको समयमा बढी विद्युत उत्पादन गर्ने तर हिउँद लागेपछि कूल जडित क्षमताको ३० प्रतिशतको हाराहारीमा मात्रै उत्पादन गर्न सक्ने सामथ्र्य राख्ने ती आयोजनाको विद्युत खरिद सम्झौता गर्ने कि नगर्ने भन्ने बारेमा प्राधिकरणले हालसम्म कुनै निर्णय गर्न सकेको छैन । 

सरकारले जलाशय, अर्धजलाशय र नदी प्रवाहमा आधारित आयोजना भनी तीन तहमा वर्र्गीकरण गरेको छ । प्राथमिकता सूची निर्धारण गर्दा जलाशय र अर्धजलाशयलाई नै प्राथमिकता दिएको छ ।
बढी माग हुने समयमा विद्युत दिन नसक्ने आयोजनाभन्दा बढी विद्युत दिन सक्ने आयोजना नै प्राथमिकतामा रहेको सरकार र प्राधिकरणको बुझाइ छ । सोही बुझाइका कारण छ हजार मेगावाट क्षमता बढीका आयोजना प्रतीक्षा सूचीमा रहेका छन ।
प्राधिकरणले केही समय पहिले लेऊ वा तिर (टेक एण्ड पे) प्रावधानका आधारमा सम्झौता गर्दै आएको थियो । विगतमा लेउ र तिर प्रणाली कायम हुँदा ऊर्जा उद्यमी मारमा परेका थिए । विद्युत आयोजना बनाए पनि बनाउ नबनाए पनि नबनाउन विद्युत आवश्यक परेमात्रै खरिद गर्छौं भन्ने मान्यताले काम गरेको उनीहको भनाइ थियो ।

तर, सरकारले आवेदन दिएकालाई लेऊ वा तिरको रणनीतिका साथ सम्झौताको प्रक्रिया अगाडि बढाएपछि रहँदै आएको समस्या समाधान भएको थियो । पछिल्लोपटक नदी प्रवाहमा आधारित आयोजनाको तीन हजार ५०० मेगावाटभन्दा बढी क्षमताका आयोजनासँग पिपिए गरिसकिएको र सोही आधारमा नै नयाँ सम्झौता गर्न नसकिने भन्दै प्राधिकरणले तत्कालका लागि सम्झौता स्थगित भएको जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणका अहिले पनि छ हजार मेगावाट क्षमताभन्दा बढी नदी प्रवाहमा आधारित आयोजना सम्झौताका लागि आवेदन आएको जानकारी दिए । उनले सञ्चालक समितिले नयाँ निर्णय नगराएसम्म र नयाँ गुरूयोजना नबनाउँदासम्म तत्काल सम्झौता हुन नसक्ने बताए ।

सरकारले सात वर्षमा १७ हजार मेगावाट विद्युत उत्पादन गर्ने रणनीति अगाडि सारेको छ । तर सम्झौता नै हुँदैन भनेर बस्नु चाहीँ गलत भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था अध्यक्ष शैलेन्द्र गुरागाईंको भनाइ छ ।
दैनिकजसो ऊर्जाको माग बढ्दै गएको छ, त्यसलाई सम्बोधन गर्न पनि बढीभन्दा बढी विद्युत उत्पादन गर्नैपर्ने बाध्यता छ, तर सरकारकै निकायका बीचमा कुरा बाझिँदा समस्या पर्न सक्छ, गुरागाईंले भने ।

प्राधिकरणकै प्रक्षेपणलाई आधार मान्ने हो भने पनि वर्षेनी १५ प्रतिशतका दरले ऊर्जाको माग बढ्दै गएको छ । सम्झौता गरिएकामध्ये हाल तीन हजार मेगावाट क्षमताका आयोजना निर्माणको विभिन्न चरणमा रहेका छन् । त्यसमा स्वतन्त्र ऊर्जा उद्यमीका आयोजना नै बढी छन ।

सरकारले सामान्यरूपमा सहजीकरण मात्रै गर्ने हो भने आगामी दुई वर्षभित्र ती सबै आयोजना सञ्चालनमा आउन सक्छन् । तर वन, जग्गा प्राप्ति र स्थानीयस्तरमा पैदा हुने अनावश्यक समस्याका कारण धेरैजसो आयोजना ‘नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छा बाउको अनुहार’मा परिणत भएर बसेका आयोजनालाई अगाडि बढाउन पनि पिपिए जरूरी देखिने सरोकारवालाको भनाइ छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।