उन्काअनुसार अपर तामाकोशी जलविद्युत् आयोजनामा सञ्चयकर्ताको सहभागिता गराइएको र चिलिमे जलविद्युत् आयोजनाबाट प्रवद्र्धित तीन परियाजनामा पनि शेयर प्रदान गर्ने प्रक्रियामा रहेको छ ।
पाँच लाख ५० हजार सञ्चयकर्ता रहेको कोषले सञ्चयकर्ताको अवकाशपछि पनि छ वर्षसम्म सञ्चित रकममा ब्याज दिने तथा निजहरुको नाममा जम्मा हुन आएको रकममा वार्षिक ब्याजसमेत थप गरी एकमुष्ठ भुक्तानी दिने बताइएको छ ।
सञ्चयकर्तालाई घर निर्माण गर्न वा घर खरिद गर्न अधिकतम् १५ वर्षको तलब वा बढीमा रु एक करोडसम्म घर सापटी, स्वदेशका लागि अधिकतम रु १० लाख र विदेशका लागि रु २० लाख, एमबीबीएस÷ एमडीको लागि रु २५ लाखसम्म शैक्षिक ऋृण दिने व्यवस्था भएको कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले कोषको पुँजीलाई सुरक्षित र उत्पादनमूलक क्षेत्रमा लगानी गरी कोषले सञ्चयकर्तालाई अधिकतम लाभ दिनुपर्नेमा जोड दिउ ।
समारोहमा आधिकारिक ट्रेड युनियन कास्की जिल्लाका अध्यक्ष भरतप्रसाद भुषाल, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक अच्युत ज्ञवाली, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्की, शाखा अधिकृत रामप्रसाद अधिकारी र लोकेन्द्र पौडेलले वार्षिकोत्सवको बारेमा प्रकाश पारेका थिए । रासस
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य