अन्तर्राष्ट्रिय हवाई उड्डयनका लागि ‘एयर रुट तथा इन्ट्री प्वाइन्ट’ थप गरिने

Sep 19, 2017 rss

नेपालले अन्तर्राष्ट्रिय हवाई उड्डयनका लागि हाल उपयोग गर्दै आएको एकमात्र हवाई मार्ग तथा प्रवेश बिन्दु ‘एयर रुट तथा इन्ट्री प्वाइन्ट’ मा थप विस्तार गर्ने भएको छ ।

त्यसका लागि विराटनगर वा जनकपुर, नेपालगञ्ज र महेन्द्रनगरबाट हवाई मार्ग प्रवेश बिन्दु थप गर्ने सम्बन्धमा मित्रराष्ट्र भारतसँग द्विपक्षीय वार्ता र छलफल भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । हाल सिमराको हवाई मार्गबाट मात्र अन्तर्राष्ट्रिय विमान नेपाल भित्रने गरेका छन् ।

पर्यटनमन्त्री जितेन्द्रनारायण देवले हालै पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको ३२ बुँदे भावी कार्ययोजना हवाई मार्ग प्रवेश बिन्दुका लागि सम्बन्धित पक्षसँग थप छलफल गरी टुंगोमा पु¥याइने उल्लेख छ । विमान बाहिरिने बिन्दु ९एक्जिट प्वाइन्ट० का लागि काँकडभिट्टा हवाई मार्गलाई उपयोग गर्ने गरी अनुमति प्राप्त गर्ने प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा विदेशबाट आउने सबै विमान सिमराको आकाश हुँदै अवतरण गर्ने गरेका छन् । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार नेपालबाट अन्तर्राष्ट्रिय गन्तव्यमा जाँदा विराटनगर, तुम्लिङ्टार, जनकपुर, महेन्द्रनगर हुँदै विमान बाहिरिने गरेका छन् ।

यसअघि आफ्नो उड्डयन आकाशमा समस्या आउने भन्दै भारतले थप हवाई मार्ग प्रयोग गर्न मानेको थिएन । नेपालको पहलपछि जनकपुर, नेपालगञ्ज र महेन्द्रनगरबाट समेत विमानलाई नेपाल प्रवेश गर्न दिन भारत सैद्धान्तिकरुपमा सहमत भएको बताइएको छ ।

अहिले पश्चिम या पूर्व जताबाट विमान आए पनि भारतीय आकाशबाटै सिमरा हुँदै काठमाडौँ भित्रनुपर्छ । नयाँ हवाई मार्ग थपिए मध्यपूर्वी देशबाट नेपाल आउने दूरी छोटो हुनेछ । खाडी मुलुकबाट नेपाल आउने भाडासमेत कम हुने सम्बद्ध अधिकारी बताउँछन् ।

नेपालले विभिन्न ३८ वटा मुलुकसँग हवाई उडान सञ्चालनसम्बन्धी दुईपक्षीय सम्झौता गरेको भए पनि अहिले २८ वटा विदेशी विमान सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।