नबिल बैंकले दशैंको मुखमा बोलायो साधारण सभा

Sep 20, 2017 Merolagani

नबिल बैंक ले गत आर्थिक वर्षको साधारण सभाको मिति तय गरेको छ । यस अघि नै साधारण सभाका लागि सेयरधनी पुस्तिका बन्द गरेको बैंकले असोज १० गते मंगलबार साधारण सभा आह्वान गरेको हो ।

गत आर्थिक वर्षको कमाईबाट ३० प्रतिशत बोनस तथा १८ प्रतिशत नगद लाभांस बितरणको प्रस्ताव बैंकले गरिसकेको छ । उसले गत भदौ २७ गते मंगलबार सेयधनी पुस्तिका बन्द गरिसकेको छ । यस अर्थमा गत भदौ २६ गते सोमबारसम्म नबिल बैंकको सेयर किनेका सेयरधनीले मात्र प्रस्तावित बोनस तथा नगद लाभांस पाउने छन् ।

कम्पनीको साधारण सभामा बोल्नेहरु यसरी हुन्छन् मालामाल, तपाई पनि जाने कि ?

 

गत आर्थिक वर्षमा तीन अर्ब ६२ करोड आठ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकको चुक्ता पूँजी छ अर्ब १८ करोड ५५ लाख सात हजार रुपैंया रहेको छ । प्रस्तावित बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब चार करोड ११ लाख ५९ हजार रुपैंया पुग्नेछ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।