टेलिकमले ल्यायो टिभि तथा भिडियो हेर्ने एप, रेडियो पनि सुन्न सकिने

Sep 20, 2017 Merolagani

नेपाल टेलिकमले आफ्ना सेवाग्रहीलाई लक्षित गर्दै नयाँ एप सञ्चालनमा ल्याएको छ । मोबाइल फोन प्रयोगकर्ताले लाइभ टिभी, चलचित्र तथा विभिन्न विधाका भिडियो तथा एफएम एकै स्थानबाट हर्न सक्ने एप सञ्चालनमा ल्याएको हो ।

टेलिकमले मंगलबारदेखि ‘वाउटाइम’ नाम एपबाट यस्तो सेवा सुरु गरेको हो । विन नेपाल प्रालिसंगको सहकार्यमा वाउटाइम सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ ।
एक सय ३० भन्दा बढी टिभि च्यानल हेर्न सकिने एपमा चलचित्र तथा भिडियो हेर्न र एफएम सुन्न सकिन्छ । लाइभ टिभीमा नेपाली, हिन्दी तथा विदेशी भाषाका च्यानल उपलब्ध हुने टेलिकमले जनाएको छ ।
भविष्यमा च्यानलको संख्या आवश्यकता अनुसार थप्दै जाने योजना टेलिमको छ ।
यो सेवा नेपाल टेलिकमका जीएसएम तथा सीडीएमएका प्रिपेड÷पोष्टपेड ग्राहकलाई मात्र उपलब्ध हुनेछ । हाललाई दशै तिहारको अवसरमा पहिलो एक महिनाको लागि एप्स सब्स्क्रिप्सन गर्दा लाग्ने उपभोक्ता शुल्क नलिई यो सेवा उपलब्ध गराइएको टेलिकमले जानकारी दिएको छ ।
एक महिना पछि भने ग्राहकले शुल्क तिरेर दैनिक, साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । यो मोबाइल एपमार्फत उपलब्ध हुने सेवा वाइफाई प्रयोग गरेर तथा मोबाइल डाटा प्रयोग गरेर पनि उपयोग गर्न सकिन्छ । एप एण्ड्रोइड तथा आईओएस डिभाइसमा चलाउन सकिने बताइएको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।