पूर्णिमा विकास बैंकले २४ प्रतिशत बोनस वितरण गर्ने

Sep 20, 2017 merolagani

पूर्णिमा विकास बैंक (PURBL) ले गत बर्षको कमाईबाट २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सोमबार बसेको बोर्ड बैठकले २४ प्रतिशत बोनस सहित उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले गत बर्षको कमाईबाट ८ करोड ९० लाख बराबरको लाभांश बाड्ने भएको प्रस्ताव गरेको छ । जसमध्ये बानेस बापत ८ करोड ४५ लाख ५० हजार र बाँकी रकम कर प्रयोजनका लागि वितरण गर्ने बैंकले जनाएको छ ।

पुर्णिमा विकास बैंकले गत असार १९ गतेदेखि साउन २२ गतेसम्म चार बराबर एक अनुपात (२५ प्रतिशत) हकप्रद जारी गरेको थियो । सो हकप्रदलाई समेत बोनस सेयर बाँड्दा बैंकले प्रदान गर्ने बोनसको अनुपात २० प्रतिशतमा झर्नेछ । 

 बैंकले गत आर्थिक वर्षमा १० करोड एक लाख ५३ हजार रुपैंया खुद नाफा कमाएको थियो । हाल बैंकको चुक्ता पूँजी ३५ करोड २३ लाख ८५ हजार रुपैंयाँ छ । बोनसपछि बैंकको पूँजी ४३ करोड ६९ लाख ३५ हजार रुपैयाँ पुग्नेछ । बैंकले जारी गरेकाे ८ कराेड ८० लाख ९६ हजार २९२ रूपैयाँकाे हकप्रद पूँजीकरण भएपछि बैंकको चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँ नाघ्नेछ ।

 

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।