हकप्रद प्रयोजनका लागि माइक्रोफाईनान्सले भदौ ११ गते सेयरधनी किताब बन्द गरेकाले सो मितिभन्दा अघिल्लो दिनसम्म कायम रहेका सबै सेयरधनीले हकप्रदमा आवेदन गर्न पाउनेछन् । लघुवित्तको हकप्रदमा असोज ४ गतेदेखि कात्तिक ७ गतेसम्म आवेदन गर्न सकिनेछ ।
किसानको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । हकप्रदमा सिभिल क्यापिटल मार्केट सुन्धाराका साथै किसान माइक्राफाइनान्स कम्पनीको मुख्य कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयहरुबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् ।
त्यस्तै सिभिल बैंकका विराटनगर, वीरगञ्ज, नारायणगढ, पोखरा, बुटवल र नेपालगञ्ज शाखा कार्यालयबाट समेत सेयरधनीले हकप्रद भर्न सक्नेछन् ।
हाल तीन करोड २२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाईनान्सको हकप्रद जारीपश्चात चुक्ता पूँजी चार करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले गत आर्थिक वर्षमा एक करोड ४३ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक ४४ रुपैयाँ ६० पैसा कायम गरेको छ । कम्पनीकाे सेयरमूल्य बुधबार नेप्सेमा प्रतिकित्ता २४६५ रूपैयाँ हाराहारीमा काराेबार भइरहेकाे छ ।
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य