बैंकले गत आर्थिक बर्षमा ३४ करोड ९६ लाख २० हजार रुपैंया खुद नाफा कमाएको थियो । बैंकले बोनस बापत २७ करोड ५७ लाख २३ हजार एक सय रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले कर बापतको रकम भने छुट्टाएको छैन ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।
हाल बैंकको चुक्ता पूँजी एक अर्ब १० करोड २८ लाख ९२ हजार रुपैयाँ छ । बोनसपछि बैंकको पूँजी एक अर्ब ३७ करोड रुपैयाँ नाघ्नेछ ।
१० जिल्ला कार्यक्षेत्र भएको बैंकले एक अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्ने हुन्छ । अहिले बैंकको जगेडा कोषमा ५४ करोड ३१ लाख रुपैयाँ सञ्चित छ ।
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य