सानिमा बैंकको बोनस सुरक्षित गर्ने बुधबार अन्तिम दिन

Sep 20, 2017 merolagani

सानिमा बैंकको बोनस सेयर सुरक्षित गर्ने बुधबार अन्तिम दिन हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

सानीमाले असोज ६ गते सेयरधनी किताब बन्द गर्ने भएकाले बिहीबार घटस्थापनाको सार्वजानिक विदा परेकाले बुधबारसम्म सेयर किनेर सेयरधनी कायम भएका वा यसअघि नै बैंकको सेयरधनी रहेका लगानीकर्ता बोनस पाउन योग्य हुनेछन् ।  

प्रस्तावित बानेस राष्ट्र बैंकको स्वीकृति र बैंकको अगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । बैंकले साधारण सभाको मिति भने तोकेको छैन ।

६ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सानिमाले गत आर्थिक बर्षमा एक अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८५ पैसा कायम गरेको छ ।

बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ८ अर्ब १२ लाख रुपैयाँ पुग्नेछ । बैंकको सेयरमूल्य प्रतिकित्ता ४०० रुपैयाँ हाराहारीमा रहेको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।