प्रभु इन्स्योरेन्सले १९.२० प्रतिशत बोनस वितरण गर्ने

Sep 20, 2017 merolagani

प्रभु इन्स्योरेन्स (PRIN) ले गत बर्षको कमाईबाट १९.२० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।इन्स्योरेन्सले ११ करोड ८ लाख ८४ हजार ५३९ रुपैयाँ बराबरको बोनस बाड्ने प्रस्ताव गरेको हो ।

सोमबार बसेको कम्पनी संचालक समितिको बैठकले बोनसमा लाग्ने कर बापत ५८ लाख ३६ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत गरेको छ । कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिको स्वीकृति पश्चात आगामी साधरणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

गत आर्थिक वर्षमा प्रभु इन्स्योरेन्सले १७ करोड ३८ लाख ३६ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

इन्स्योरेन्सको चुक्ता पूँजी ५७ करोड ७५ लाख २४ हजार रुपैंया छ । बोनसपछि कम्पनीको पूँजी झण्डै ७९ करोड रुपैयाँ पुग्नेछ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।