इच्छुक लगानीकर्ताले फाइनान्सको सेयर विक्री प्रबन्धक एनआइबीएल क्यापिटल क्यापिटलमा प्रतिकित्ता न्यूनतम एक सय रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरि न्यूनतम एक सय कित्ता वा १० ले भाग जानेगरि सबै कित्ताका लागि शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
गोर्खाज फाइनान्सले ५० प्रतिशत हकप्रदमा अवितरित भएकाे सेयर गत साउन १० गतेदेखि १९ गतेसम्म संस्थापक ९ लाख ७९३ कित्ता सेयर तथा एक लाख ५४ हजार ३९६ कित्ता साधारण सेयर लिलामीमा राखेपनि सबै संस्थापक सेयर लिलामीमा विक्री नभएपछि अहिले सर्वसाधारणले समेत भर्न पाउने गरि फेरि लिलामीमा ल्याएको हो ।
बोलपत्र असोज २३ गते बिहान १० बजे एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाटमा खुला गरिने क्यापिटलले जनाएको छ ।
७६ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको गोर्खाजले गत आर्थिक वर्षमा १३ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४ पैसा कायम गरेको छ । फाइनान्सको सेयर प्रतिकित्ता २०४ रुपैयाँ हाराहारीमा नेप्सेमा बुधबार कारोबार भएको छ ।
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य