रेमिट्यान्सले थेग्दैछ चाडबाड, अरू बेला भन्दा दोब्बर आउने

Sep 20, 2017 merolagani

मुलुकको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ भन्ने गरिन्छ । दशैको समयमा बिदेशवाट भित्रिएको रेमिट्यान्सको रकम हेर्दा मुलुकको अर्थतन्त्र साच्चै नै रेमिट्यासले धानेको प्रतीत हुन्छ । अन्य समय भन्दा चाडबाडको समय भएकोले पनि बिशेषगरी असोज महिनामा अन्य महिनाको तुलनामा धेरै रेमिट्यान्स भित्रिने गरेको छ ।

गत वर्ष असोज महिनामा १७१ अर्ब ८० करोड रेमिट्यान्स भित्रिएको थियो । चालू आर्थिक बर्षमा बैदेशिक रोजगारीमा जाने कामदारहरूको संख्या घट्दो क्रममा भएपनि रेमिट्यान्स प्रबाहमा कमी नआउने अनुमान गरिएको छ । विगत बर्षको तथ्याङ्क हेर्दा भदौ महिनामा भित्रिने रेमिट्यान्स भन्दा असोज महिनामा आउने रेमिटयान्स करीब ५० प्रतिशतले बढी हुने गरेको पाइएको छ ।

यता, यो समयमा धेरै रेमिट्यान्स भित्रिने भएकाले रेमिट्यान्स कम्पनीहरूले पनि उपहारको ओहिरो लगाएका छन । ती कम्पनीहरूले पैसा पठाउने र पाउने दुबैलाई भाग्यशाली उपहार दिने घोषणा गरेका छन । आइएमई रेमिटले “आइएमइ छक्कापञ्जा अफर” राखेको छ भने प्रभु मनि ट्रान्सफरले “प्रभुसँग दशै, तिहार रछठको उमगं, हर्षले सबैजना दंग ” नामको योजना ल्याएको छ ।

यसैगरी सिटी एक्सप्रेस मनि ट्रान्सफरले पनि “उत्सव एक्सप्रेस ” योजना ल्याएको छ भने वेस्ट्रन यूनियनले पनि “सम्वन्धको उत्सव ” योजना ल्याएको छ । सवैका उपहार योजनामा नगद उपहार, टेलिभिजन,रेफ्रिजरेटर, क्यामेरा, घडीदेखि लिएर पोखरा मुक्तिनाथ हेलिकप्टर यात्राको टिकटसम्मको प्रलोभन देखाएका छन । यी उपहारमार्फत वैधानिक रूपमा रेमिट्यान्स पठाउन सर्वसाधरण प्रोत्साहित हुने कम्पनीहरूको भनाई छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा रेमिट्यान्सबाट छ खर्व ९५ करोड राजस्व भित्रिएको थियो । नेपालमा ४९ वटा रेमिट्यान्स कम्पनीले कारोवार गर्ने गरेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।