अण्डाको मूल्य घट्यो

Sep 20, 2017 merolagani

 चाडपर्वसँगै काठमाडौँबाट सर्वसाधारण बाहिरिन थालेपछि खपत घट्दा अण्डाको मूल्यमा कमी आएको छ । नेपाल अण्डा उत्पादक सङ्घले दिएको जानकारीअनुसार एक क्रेट (३० वटा) ठूलो अण्डाको फार्मबाट किसानले बिक्री गर्ने मूल्य रु ३३० कायम गरिएको छ ।

 मध्यम आकारको अण्डाको खरिद मूल्य प्रतिक्रेट रु २७० कायम गरिएको सङ्घका अध्यक्ष शिवराम केसीले जानकारी दिए ।

खरिद मूल्यमा रु पाँच बढी लिएर बिक्री गर्ने चलन छ । उपभोक्ताले अण्डालाई बढी नै मूल्य तिरे पनि किसानले केही महिनायता निरन्तर कम मूल्य पाउँदै आएका थिए । अध्यक्ष केसीका अनुसार चार महिनाअघि ठूलो अण्डाको खरिद मूल्य प्रतिक्रेट रु ३६० सम्म थियो भने मझौला अण्डाको किसानले प्रतिक्रेट रु ३३० मूल्य पाएका थिए ।

काठमाडौँबाट सर्वसधारण बाहिरिनु, सोह्र श्राद्धका कारण खपत कम हुनु, पहाडी क्षेत्रमा अण्डा पु¥याउन नसक्नु लगायतका कारण माग घटेसँगै अण्डाको मूल्य समायोजन गरिएको हो । दशैंको पूर्णिमापछि पुनः मूल्य वृद्धि हुने  केसीले जानकारी  दिए ।

लागत मुल्य बढ्ने र अण्डाको मुल्य घट्दा कृषक चिन्तित बनेका छन् । लेयर्स कुखुराको चल्लाको मूल्य प्रतिगोटा रु १७० पुगेको छ । दाना, औषधि, मजदुर, ढुवानी लगायतको मूल्य बढेकाले अण्डाको हालको मूल्यले लागत धान्न मुस्किल पर्ने सङ्घका महासचिव त्रिलोचन कँडेलले बताए ।। उपभोक्ता मूल्य प्रतिगोटा रु १४ रहेको छ नेपालमा हाल दैनिक २० लाख गोटासम्म अण्डा उत्पादन हुन्छ ।

चार वर्षअघि नेपालमा दैनिक २५ लाख गोटासम्म अण्डा उत्पादन हुने गरेको सङ्घका अध्यक्ष केसीले बताए । कुखुरामा देखिने घातक रोग बर्ड फ्लुको प्रकोपले किसान विस्थापित हुँदा अण्डा उत्पादन घट्दै गएको हो । जमिन खण्डीकरण हुँदै जानु र अन्य रोगको प्रकोप बढ्नुले कुखुरा पाल्ने किसानको सङ्ख्या घट्दै गएको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

 
comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।