विश्व बैंकको सम्मेलन शुक्रबारबाट, राष्ट्र बैंक र अर्थ मन्त्रालयका उच्च अधिकारी सहभागी

Oct 13, 2017 merolagani

विश्व बैंक ग्रुपको बोर्ड अफ गभर्नस र मुद्राकोषको वार्षिक सम्मेलन शुक्रबारबाट शुरु हुने भएको छ । नेपालका तर्फबाट राष्ट्र बैंक र अर्थ मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन् ।

 

यस पटकको बैठकमा नेपालले पछिल्लोपटक हासिल गरेको आर्थिक वृद्धि र वित्तीय अवस्थाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने तयारीमा रहेको नेपाली टोलीबाट प्रतिनिधित्व गर्नुहुने दूतावासका आर्थिक कन्सुलर कैलाश पोख्रेलले जानकारी दिए ।

विश्व बैंकको शुक्रबारको प्लेनरी सेसनमा यसका अध्यक्ष जिम योङ किम र अन्तर्राष्ट्रिय मुद्रा कोषका व्यवस्थापकीय निर्देशक क्रिष्टिना लेगार्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यो सबैभन्दा महत्वपूर्ण सेसन हो ।

विश्व बैंक र मुद्राकोषले वार्षिक अन्तर्राष्ट्रियस्तरका पूर्वाधार विकास, वित्तीय व्यवस्थापन, सरकारको खर्च प्रक्रिया, मानवीय स्वभावका परिवर्तन, स्वास्थ्य शिक्षा, सुशासन र दिगो आर्थिक क्रियाकलापको विषयमा विश्वभरका सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिको समेत सहभागितामा विभिन्न छलफल कार्यक्रम आयोजना गर्दछ ।

यस सम्मेलनमा डिजिटल अर्थतन्त्र, प्राकृतिक विपत्तिपछिको आर्थिक समुन्नति, एशिया, युरोप र अन्य देशको सडक सञ्जाल, प्रविधि र प्रशासनको सहभागितालगायतका विषयलाई प्राथमिकतामा राखिएको छ । महिलाको व्यवसायमा सहभागिता, बालबालिकाको अवस्था, शिक्षाको पहुँचलगायतको विषयमा छलफल हुनेछ ।

सम्मेलनमा भाग लिन नेपालबाट गभर्नर डा चिरञ्जीवी नेपाल, अर्थसचिव डा शान्तकुमार सुवेदी, सहसचिव वैकुण्ठ अर्याल, राष्ट्र बैंकका निर्देशक नरबहादुर थापालगायतको टोली अमेरिका पुगेका छन ।

 

.................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।