नेपाल बैंकको यस्तो वित्तीय बिवरणलाई कसरी बुझ्ने ?

Nov 13, 2017 Merolagani

- लाभांस खुवाउने हैसियत बनायो
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुले व्याजदर तथा विभिन्न सुचकको असरले कमाई घटेको थियो । तर नेपाल बैंक (NBL) लाई पनि त्यस्तो कुनै असर नपरेको देखिएको छ । यद्यपी उसको कमाई भने गत आर्थिक वर्षको असोजको तुलनामा घटेको छ ।

सेयर तथा सम्पत्ती बिक्री गरेर गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब १६ करोड ६० लाख ४ हजार रुपैंया खुद नाफा कमाएको थियो । यस पटक बैंकले आक्रामक रुपमा बैंकिंग कृयाकलापबाट कुल सञ्चालन मुनाफा आर्जन गरेको छ । तर गैर बैकिंग कृयाकलापबाट हुने आम्दानी भारी मात्रामा घटे पछि उसको कमाई ९७ करोड १३ लाख १८ हजार रुपैयाँमा खुम्चिएको छ ।

कर्जा तथा निक्षेपको आकार बढाएको बैंकको व्याज खर्चको आकार अरु बैंकको जस्तो गरी बढेको छैन । जसका कारण उसको खुद व्याज आम्दानी समीक्षा अवधिमा १ अर्ब १७ करोड ४३ लाख रुपैंयाबाट बढेर १ अर्ब ३९ करोड ४० लाख रुपैंया पुगेको छ ।

शुल्क तथा कमिशन, विदेशी मुद्राको कारोबार लगायतका सुचकमा बढोत्तरी भएको बैंकको अन्य सञ्चालन खर्च तथा कर्मचारी खर्च पनि बढेको छ । सम्भावित जोखिमका लागि छुट्याउने रकमको आकार बढ्दा पनि बैंकको सञ्चालन मुनाफा ४७ करोड ९० लाख रुपैंयाबाट बढेर ७२ करोड ८२ लाख रुपैंया पुर्याएको छ । बैंकले सञ्चालन मुनाफामा देखाएको यो सुधार नै सबल पक्ष हो । अधिकांस बैंकहरु सञ्चालन नोक्सानी व्यहोरिरहेको बेला नेपाल बैंकको यो प्रगतिलाई सकरात्मक मान्नु पर्छ ।

बैंकले गत आर्थिक वर्षको यसै अवधिमा आफ्नो स्वामित्वमा रहेको सेयर तथा अन्य सम्पत्ती बिक्री गरेर १ अर्ब १८ करोड ९४ लाख रुपैंया गैरसञ्चालन मुनाफा आर्जन गरेको थियो । तर यस पटक बैंकको यस्तो मुनाफा ४७ करोड ३० लाख १४ हजार रुपैंयामा सिमित भएको छ । केही समय अघि बैंकले लिलाममा राखेका विभिन्न कम्पनीको सेयर बिक्री हुन नसक्नुले बैंकको यस्तो आम्दानीलाई अझै प्रभावित बनाएको हो । यही कारणले गर्दा बैंकको खुद नाफा प्रभावित बनेको हो ।

राइट व्याकको आकार बढ्दा पनि माथि उल्लेखित कारणले बैंकको नियमित कृयाकलापबाट हुने आम्दानी १ अर्ब ७३ करोड रुपैंयाबाट १ अर्ब ४९ करोड रुपैंयामा घटेको छ । यसबाट कर्मचारी खर्च र कर वापतको रकम कटौती गर्दा खुद नाफा १ अर्ब १६ करोडबाट ९७ करोड रुपैंयमा सिमित भएको हो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स 

विगत वर्षहरुमा ऋणात्मक जगेडाका कारण लगानीकर्तालाई कुनै लाभांस बितरण गर्न नसक्ने अवस्थामा रहेको बैंक अब लाभांस खुवाउन सक्ने अवस्थामा उक्लिएको छ । निरन्तरको सफलताले बैंकको जगेडा कोषको आकार बढ्दै गएको छ । समीक्षा अवधिमा बैंकको जगेडा कोष १ अर्ब ५३ करोड ४५ लाख रुपैंयाबाट बढेर ४ अर्ब ७५ करोड ९३ लाख रुपैंया पुगेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको जगेडाा कोष धनात्मक बन्न सकेको थिएन ।

चुक्ता पूँजी ६ अर्ब ४९ करोड ९४ लाख ७८ हजार रुपैंयाबाट ८ अर्ब ४ करोड २६ लाख रुपैंया पुर्याएको बैंकको प्रतिसेयर आम्दानी ४८ रुपैंया ३२ पैसा छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको प्रतिसेयर आम्दानी ७१ रुपैंया ७६ पैसा थियो । पूँजी बढ्नु तथा कमाईको आकार घट्नुले प्रतिसेयर आम्दानीमा यस्तो संकुचन देखिएको हो ।

प्रतिसेयर नेटवर्थ १ सय ५९ रुपैंया १८ पैसा रहेको छ ।

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।