२८ वाणिज्य बैंकको खुद नाफामा देखियो यस्तो उतारचढाव (तथ्य सहित)

Nov 15, 2017 Merolagani

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले गेरको खुद नाफा लगानीकर्ताको अपेक्षा अनुरुप देखिएन । कोष लागतमा आएको तिब्र बढोत्तरीले १२ वटा वाणिज्य बैंकको खुद नाफा घटेको छ । बाँकी बैंकहरुको खुद नाफाको वृद्धि पनि सन्तोषजनक छैन ।

नेप्सेमा सुचिकृत नभएको राष्ट्रिय वाणिज्य बैंक तथा नेप्सेमा सुचिकृत भएका २७ गरी २८ वाणिज्य बैंकको तथ्यांकलाई हेर्दा सुस्त गति देखिएको हो । राष्ट्र बैंकको पूँजी योजनाका कारण तिब्र दवाबका बिच बैंकहरुले देखाएको कमाईलाई कुन रुपमा लिने भन्ने चासो लगानीकर्तामा छ । यहाँ चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले कमाएको खुद नाफालाई देखाइएको छ । जहाँ नेपाल बैंकको खुद नाफा सबैभन्दा धेरै छ भने जनता बैंकको खुद नाफा सबैभन्दा थोरै छ ।

ठुलो बनाएर हेर्न फोटोमा क्लिक गर्नु होला ।

- उल्लेखित तथ्यांक बैंकहरुले निष्काशन गरेको वित्तीय बिवरणका आधारमा डाटा एनालिटिक्सले तयार पारेको हो ।

सबैजसो बैंकहरु राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउने तरखरमा छन् । केही बैंकहरुले पूँजी पुर्याईसकेका छन् । समान पूँजी बनाउने दौडमा रहेका बैंकहरुमा कुन बैंकले सबैभन्दा धेरै प्रगति गर्यो त ? त्यो पनि उल्लेखित तथ्यांकमा हेरौं ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

 

तथ्यांकले २८ मध्ये १२ वटा वाणिज्य बैंकको खुद नाफामा गिरावट आएको देखाउँछ । बाँकी बैंकहरुको खुद नाफा बढेको छ । तथ्यांकले सिभिल बैंकले खुद नाफा सबैभन्दा धेरै बढाएको देखाउँछ भने मेगा बैंकको खुद नाफा सबैभन्दा धेरै घटेको देखाउँछ । उल्लेखित तथ्यांकमा दाँयाबाट सबैभन्दा धेरै प्रगति गरेको सिभिल बैंकदेखि सबैभन्दा धेरै कमाई घटेको मेगा बैंकसम्मको तथ्यलाई प्रस्तुत गरिएको छ ।

ठुलो बनाएर हेर्न फोटोमा क्लिक गर्नु होला ।

उल्लेखित तथ्यांक बैंकहरुले निष्काशन गरेको वित्तीय बिवरणका आधारमा डाटा एनालिटिक्सले तयार पारेको हो ।

उल्लेखित तथ्यांकका आधारमा हेर्दा सिभिल बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा 
६८० प्रतिशतले खुद नाफा बढाएको छ । त्यस पछि धेरै नाफा बढाउनेको सूचीमा सेञ्चुरी, राष्ट्रिय वाणिज्य बैंक, स्टाण्डर्ड चार्टर्ड, प्राइम, एनसीसी, सानिमा, लक्ष्मी, एसबिआई, एनएमबी, इन्भेष्टमेण्ट माछापुच्छ्रे, एनआईसी एशिया, नबिल, एभरेष्ट र जनता बैंक रहेका छन् ।

खुद नाफा धेरै घटेको मेगाको ४४.७५ प्रतिशतले खुद नाफा घटेको हो । खुद नाफा घट्नेको सूचीमा मेगालाई पछ्याउने बैंकहरुमा सिद्धार्थ, नेपाल बंगलादेश बैंक, सनराइज, कुमारी, बैंक अफ काठमाण्डू, नेपाल बैंक, ग्लोबल आईएमई, कृषि विकास बैंक, प्रभु, हिमालयन र सिटिजन्स बैंक रहेका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उल्लेखित तथ्यांकमा कति सकरात्मक परिवर्तन आउला भनेर लगानीकर्ता पर्खिएर बसेका छन् ।

----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।