सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले विदेशी कामदारमाथि भइरहेको व्यवहारका विषयमा आलोचना खेप्दै आइरहेको थियो ।
कतारी श्रममन्त्री इसा अल नउमीले भने, ‘यदि कुनै पनि रोजगार सम्झौतामा विदेशी कामदारको तलव ७ सय ५० भन्दा कम छ भने हामी त्यसलाई स्वीकृत गर्दैनौं । अब यससम्बन्धि सबै निर्णय श्रम मन्त्रालयले अनुमोदन गर्नेछ ।’
नउमीले न्यूनतम तलबका अतिरिक्त विदेशी कामदारहरुले निःशुल्क आवास, खाना र स्वास्थ्य सेवासम्बन्धि सेवाहरु प्राप्त गर्ने बताए । यो तलबमान अस्थायी रुपमा तोकिएको भन्दै श्रममन्त्रीले स्थायी प्रकारको न्यूनतम तलव तोक्ने गृहकार्य भइरहेको जानकारी दिए । पहिलोपटक तोकिएको न्यूनतम तलबको समीक्षा गरी पुनः वृद्धि गर्न सकिने सरकारी अधिकारीहरुले बताएका छन् ।
कतारले सन् २०१५ मा श्रम मामिलामा सुधारको सुरुवात गरेको हो । जसमा श्रमिकहरुलाई विधुतीय रुपमा ९बैंक खाता मार्फत० आफ्नो तलब प्राप्त गर्ने अनुमति दिइएको थियो । अघिल्लो बर्ष कतारमा कफला प्रणाली आलोचित बनेको थियो । यसको सट्टामा अनुबन्ध प्रणली (सम्झौता गर्ने प्रणाली) सुरु गर्ने कार्य भइसकेको छ ।
नाउमीले कतार सुधारमा आधारित कार्य गर्ने आश्वासन दिदै भने, कतारको प्रयास यतिमै सकिदैन, यो एक दीर्घकालीन प्रतिवद्धता हो र हामी आगामी दिनमा थप सुधारका कामहरु गर्नेछौँ ।’