सेयर निष्कासनको प्रक्रिया थाल्न मंसिर महिनाभित्र नेपाल धितोपत्र बोर्डमा आवश्यक विवरण पेस गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ०७४ सालभित्रै सेयर निष्कासन गरेर बाँडफाँड गर्ने योजना छ ।
आयोजना प्रभावित स्थानीयले जारी पुँजीको १० प्रतिशत (१ अर्ब ५ करोड ९० लाख रुपैयाँ) १ करोड ५ लाख ९० हजार कित्ता र १५ प्रतिशत (१ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ) १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर पाउनेछन् ।
कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका लागि सेयर छुट्ट्याएको २४ प्रतिशत सेयर बाँडफाँड भइसकेको छ ।
४५६ मेगावाटको माथिल्लो तामाकोशीको मुख्य सुरुङ निर्माण सम्पन्न, आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य
कूल ८.५ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भएसँगै आयोजनाको भौतिक प्रगति ९२ प्रतिशत पुगेको छ । आयोजनाका अनुसार हाल ‘हेड वक्स’को ९० प्रतिशत र भूमिगत विद्युतगृहको भौतिक निर्माण कार्य ९९ प्रतिशत सम्पन्न भएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजना आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
आयोजनामा कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष र बीमा संस्थानको लगानी छ । आयोजनाको लागत रु ३५ अर्ब ३० करोड छ । कर्मचारी सञ्चय कोषको रु १० अर्ब, नेपाल टेलिकमको रु ६ अर्ब, नागरिक लगानी कोषको रु दुई अर्ब र राष्ट्रिय बीमा संस्थानको रु दुई अर्ब लगानी छ ।
स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाले मुलुकको आन्तरिक माग धान्नका लागि सहायक सिद्ध हुने आयोजनाको विश्वास छ ।