१५ निर्जीवन बीमा कम्पनीहरुमा कुन कस्तो ? हेर्नुहोस् तुलनात्मक अध्ययन

Nov 19, 2017 Merolagani

- तीथर्राज पाैड्याल

चालु आर्थिक बर्षको प्रथम त्रैमासमा १५ निर्जीवन बीमा कम्पनीले आफ्नो वित्तीय विवरण प्रस्तुत गरेका छन् । सबै कम्पनीहरूकाे चुक्त्ता पूँजी जाेड्दा अाठ अर्ब ११ कराेड पुगेकाे छ । यस्तै यस अवधिमा उनीहरूकाे जगेडा काेषमा सञ्चित रकम चार अर्ब २१ कराेड र दुर्इ अर्ब ५० कराेड रूपैयाँ प्रिमियम संकलन गरेका छन् । 

चुक्ता पूँजी

चुक्ता पूँजीको आधारमा सबैभन्दा बढी हिमालयन जनरल इन्स्योरेन्सको एक अर्ब दुई करोड रुपैयाँ रहेको छ । कम्पनीले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गरेको छ भने ६ सय प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डमा निवेदन दिएको एभरेष्ट इन्स्योरेन्सको सबैभन्दा कम १२ करोड १५ लाख रुपैयाँ रहेको छ ।

राष्ट्रिय बीमा कम्पनी, नेपाल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्सको चुक्ता पूँजी ५० करोड रुपैयाँ भन्दा कम रहेको छ । एनएलजी, प्रुडेन्सियल, सिद्धार्थ, सगरमाथा र एनबि इन्स्योरेन्सको चुक्ता पूँजी ६० करोड भन्दा कम रहेको छ ।

प्रभु इन्स्योरेन्स, नेको, लुम्बिनी जनरल र शिखर इन्स्योरेन्सको चुक्ता पूँजी क्रमश ६८, ७१, ७८ र ८१ करोड रुपैयाँ रहेको छ ।

खुद बीमा शुल्क आर्जन

खुद बीमा शुल्कको आधारमा १५ कम्पनीमध्ये सबैभन्दा बढी शिखर इन्स्योरेन्सले साढे ४० करोड रुपैयाँ आर्जन गरेको छ । सबैभन्दा कम एभरेष्ट इन्स्योरेन्सले साढे दुई करोड आर्जन गरेको छ ।

१० करोड रुपैयाँ भन्दा कम खुद बीमा शुल्क आर्जन गर्ने कम्पनीहरुमा राष्ट्रिय बीमा कम्पनी, एनबि इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स रहेका छन् ।

हिमालयन जनरल, प्रुडेन्सियल, प्रभु इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्सले २० करोडडभन्दा कम प्रिमयम संकलन गर्दा प्रिमयर इन्स्योरेन्स, लुम्बिनी जनरल, सगरमाथा, नेको, सिद्धार्थ इन्स्योरेन्सले २० देखि २५ करोडको बिचमा खुद बीमा शुल्क आर्जन गरेका हुन् ।

जगेडा तथा कोष

निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी  राष्ट्रिय बीमा कम्पनीले जगेडा काेष कायम गरेको छ । उसको जगेडा काेषमा एक अर्ब ९६ करोड रुपैयाँ सञ्चित रहेको छ । दोस्रो ठुलो जगेडा शिखरको ३१ करोड रहेको छ । अन्य सबै कम्पनीहरुबको जगेडा २६ करोडभन्दा कम रहेको छ ।

सबैभन्दा कम जगेडा युनाईटेड इन्स्योरेन्स कम्पनीको रहेको छ । उसको जगेडा ६ करोड ९४ लाख रुपैयाँले ऋणात्मक रहेको छ । 

खुद नाफा

चालु आर्थिक बर्षको प्रथम त्रैमासिक अवधिमा १५ निर्जीवन बीमा कम्पनी ५० करोड रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरेका छन् । यो नाफा औसतमा तीन करोड ३५ लाख रुपैयाँ हुन आउँछ ।

यसमध्ये सबैभन्दा बढी खुद नाफा कमाउने  शिखर इन्स्योरेन्सले मात्र ९ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । सबैभन्दा कम खुद नाफा कमाउने इन्स्योरेन्स कम्पनी एभरेष्ट बनेको छ । एभरेष्टले प्रथम त्रैमासमा ४५ लाख रुपैयाँ मात्र खुद नाफा गर्न सकेको हो ।

एनएलजी इन्स्योरेन्स भन्दा अन्य सबै कम्पनीको खुद नाफा ५ करोड भन्दा कम रहेको छ । तीमध्ये राष्ट्रिय बीमा कम्पनी, सिद्धार्थ, नेको, सगरमाथा, लुम्बिनी जनरल इन्स्योरेन्सले तीन करोड नघाएका भन् भने युनाईटेड इन्स्योरेन्स कम्पनीको खुद नाफा एक करोड ४७ लाख रुपैयाँ मात्र रहेको छ ।

नेपाल इन्स्योरेन्स, एनबि, प्रुडेन्सियल, प्रभु, हिमालयन जनरल, र प्रिमियर इन्स्योरेन्सको खुद नाफा दुई करोडभन्दा बढी रहेको छ ।

 

सेयरमूल्य र मूलय आम्दानी अनुपात

सबैभन्दा धेरै प्रतिकित्ता १६ हजार ६०० रुपैयाँ सेयर मूल्य राष्ट्रिय बीमा कम्पनीको रहेको छ । उसको मूलय आम्दानी अनुपात समेत सबैभन्दा बढी २३० गुणा बढी रहेको छ ।

सबैभन्दा कम सेयरमूल्य रहेको निर्जीबन बीमा कम्पनी हिमालयन जनरल इन्स्योरेन्स रहेको छ । हिमालयनको सेयरमूलय ७०८ रुपैयाँ तथा मूल्य आम्दानी अनुपात ८१.४६ प्रतिशत रहेको छ ।

मूल्य आम्दानी अनुपातको आधारमा भने सबैभन्दा कम सिद्धार्थ इन्स्योरेन्स कम्पनी रहेको छ । सिद्धार्थको मूल्य आम्दानी अनुपात ३५. ६७ गुणा बढी रहेको छ । एनएलजी इन्स्योरेन्सको मूलय आम्दानी अनुपात ३६.६६ गुणादेखि बढ्दो क्रममा एभरेष्ट इन्स्योरेन्सको १६९.२५ गुणाबिचमा रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

प्रतिसेयर आम्दानी

चालु आवको प्रथम त्रैमासमा प्रतिसेयर आम्दानीका आधारमा सबैभन्दा अब्बल राष्ट्रिय बीमा कम्पनी देखिएको छ । उसको प्रतिसेयर आम्दानी ७२ रुपैयाँ रहेको छ भने सबैभन्दा कमजोर हिमालयन जनरल इन्स्योरेन्स देखिएको छ । हिमालयनको ८ रुपैयाँ ६९ पैसा प्रतिसेयर आम्दानी रहेको छ ।

त्यस्तै शिखरको ४६ रुपैयाँ ७४ पैसा, एनएलजी इन्स्योरेन्सको ४१ रुपैयाँ, नेपाल इन्स्योरेन्सको ३५ रुपैयाँ र सिद्धार्थ इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ८३ पैसा रहेको देदिन्छ ।

अन्य सबै कम्पनीहरुले १३ रुपैयाँ ८४ पैसादेखि २४ रुपैयाँ ३० पैसाको बीचमा प्रतिसेयर आम्दानी कायम गरेका देखिन्छन् ।

 

 

नोट: माथिको सबै तथ्याङ्क निर्जीवन बीमा कम्पनीहरुले  प्रकाशित गरेका प्रथम त्रैमासिक प्रतिवेदनमा उल्लेख गरिएको तथ्याङ्कलाई आधार मानेर तयार पारिएकाे छ । बोनस तथा हकप्रदलाई पूँजीकरण गर्दा उनीहरुको तथ्याङ्कमा भने फरक पर्न सक्नेछ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।