सिन्धुको खुद नाफा २३ लाखले घट्यो, प्रतिसेयर आम्दानी दुई रुपैयाँ भन्दा कम

Nov 20, 2017 Merolagani

सिन्धु विकास बैक (SINDU) खुद नाफा २३ लाख रुपैयाँले घटेको छ । गत बर्ष प्रथम त्रैमासमा ३४ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकको नाफा १० लाख ९५ हजारमा झरेको हो ।

समीक्षा अवधिमा बैंकको १४ करोड १२ लाखको चुक्ता पूँजी २६ करोड २१ लाख रुपैयाँमा पुगेको छ भने तीन करोड ३४ लाख रुपैयाँको जगेडा ११ करोड ६५ लाखमा पुगेको छ ।

बैकले निक्षेपको आकार सामान्य बढाएर एक अर्ब ७० करोड रुपैयाँ संकलन गरेको छ । बैंकको कर्जा लगानी एक अर्ब दुई करोडबाट एक अर्ब ३७ करोडमा गरेको देखिन्छ ।

तरलता संकटका कारण बैंकले निक्षेपमा धैरै व्याज तिर्दा समीक्षा अवधिमा व्याज खर्च झण्डै अढाई गुणा वृद्धि हुँदा खुद व्याज आम्दानी चार लाख रुपैयाँले घटेको पाइएको छ । त्यस्तै अन्य सञ्चालन आम्दानी ११ लाख ३३ हजारबाट दुई लाख ६९ हजारमा घट्नु र कर्मचारी खर्च र अन्य सञ्चालन खर्चको वृद्धि हुँदा खुद नाफा घटेर गएको देखिएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बैकको निष्कृय कर्जा अनुपात कर्जा १.२५ बाट १.३९ प्रतिशतमा उक्लदा बैकले सम्भावित जोखिमको लागि गत बर्ष भन्दा १० लाख बढी कर्जा  नाेक्सानी व्यवस्था गरेको छ ।

८० प्रतिशत हकप्रद जारीबाट पूँजी बढेर खुद नाफा घटेपछि बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६५ पैसाबाट एक रुपैयाँ ६८ पैसामा झरेको छ । उसको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ४५ पैसा र मूल्य आम्दानी अनुपात ११४.८८ गुणा बढी रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।