सो अवसरमा अध्यक्ष ढकालले आगामी दिनमा कम्पनीले प्राईभेट इक्यूटी र भेन्चर क्यापिटलमा कार्य गर्दै नीजि क्षेत्रको उत्कृष्ट लगानी कम्पनीको रुपमा स्थापित गराउने बताए ।
यसै गरी प्रबन्ध संचालक अम्बिकाप्रसाद पौडेलले विगतको आरोह अवरोहका विचमा कम्पनीले गरेको प्रगति कम्पनीका लगानीकर्ता तथा संचालकहरुको विषेश योगदानको प्रतिफल रहेको बताए ।
पुँजीबजारका अलवा दीर्घकालीन लगानीका रुपमा रियलस्टेट, हाईड्राेपावर, वीमा ब्यवसाय जस्ता क्षेत्रहरुमा समेत लगानी गरेको छ । कम्पनीले विगतमा समस्याग्रत रहेका एन.वि.इन्स्योरेन्स र अरुण फाईनान्सको शेयर विभिन्न समूहमा ब्यवस्थापन गरी सफलतापुर्वक संचालनमा ल्याएको छ ।
नेपाल स्टक एक्सचेन्जको ओ.टि.सी मार्केटमा सूचिकृत यस कम्पनीको शेयर खरिद बिक्री गर्न इच्छुक लगानीकर्ताले ओ.टि.सी मार्केट मार्फत शेयर खरिद विक्री गर्न सकिने छ । कम्पनीको प्रति कित्ता शेयर १२५ मा अन्तिम कारोबार भएको छ ।
स्थापनाको छोटो समयमा नै पुँजीबजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यस कम्पनीको मुख्य उदेश्य सुचीकृत कम्पनीहरुको शेयरमा लगानी गर्ने रहेको छ ।