साढे ६ अंकले ओरालो लागेको बजारमा अरू के भयाे ?

Nov 20, 2017 Merolagani

आइतबार दोहोरो अंकले ओरालो लागेको सेयर बजार नेप्से परिसूचक दोस्रो दिन सोमबार अाइतबारभन्दा सुधारिए पनि ६.५६ अंकले तल झरेर १४६९.१६ विन्दुमा बन्द भएको छ । गत बुधबारदेखि झर्न थालेको बजारले सोमबार पनि निरन्तरता पाएको हो । बजार घटेसँगै लगानीकर्ताको कुल सम्पत्ति ७ अर्ब  रूपैयाँले घटेर १७ खर्ब ६ अर्बमा झरेको छ ।

यसदिन कारोबार भएका ९ वटा समूहको सूचकमध्ये नेपाल टेलिकमको वर्चस्व रहेको अन्य समूहको परिसूचक बाहेक सबै समूहका परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २९.२५ अंकले ओरालो लागेको छ भने अन्य समूहको परिसूचक २.८९ अंकले उकालो लागेको छ ।

 

यसैगरी, होटेल समूह २०.८७ अंक, हाईड्रोपावर १३.७७ अंक, व्यापार ११.५७ अंक, माईक्रोफाइनान्स १०.७६ अंक, वाणिज्य बैंक समूह ७ अंक, विकास बैंक ५.२७ अंक र फाइनान्स ४.२३ अ‍ैकले ओरालो लागेका छन् ।

सोमबारको बजारमा १६१ कम्पनीको ११ लाख ५२ हजार ५४० कित्ता सेयर ३९ करोड ७७ लाख २२ हजार रुपैयाँ बराबरको सेयर खरिद विक्री भएका छन् । कारोेबार रकममा आईतबारको तुलनामा ६ करोड रुपैयाँले कमी आएको छ । अल्पकालिन कारोबारीहरु बजार अझ घट्छ भन्ने पर्खाईमा बस्दा र नयाँ लागानीकर्ता समेत बजारमा प्रवेश गर्ने नसक्दा कारोबार रकम र नेप्से दुबै घट्न पुगेको अनुमान गर्न सकिन्छ ।

 

बजार घटेपनि चार सय प्रतिशत हकप्रद बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएका कारण ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले करिब १० प्रतिशत तथा अरुण फाइनान्सका सेयरधनीले ७.२८ प्रतिशतले कमाएका छन् ।

उता नेपाल हाईड्रो डेभलपर कम्पनीका लगानीकर्ताले ९ प्रतिशत, सिर्जना फाइनान्स कम्पनी ७.५३, बिशालबजार कम्पनी ६.७७ र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सेयरमूलय ६.३८ प्रतिशतले घटेको छ ।

 

सोमबार एभरेष्ट बैंकको सबैभन्दा बढी २ करोड ६७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः सिभिल बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकको दुई करोड ५३ लाख तथा एक करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।