टुरिजमले मर्जर प्रस्ताव पारित गर्दा मेगाको साधारणसभा किन भयो स्थगित ?

Nov 20, 2017 merolagani

टुरिजम् डेभेलपमेण्ट बैंक (TDBL) सँग मर्जरमा जाने प्रस्ताव पारित गर्न डाकिएको मेगा बैंक(MEGA) को विशेष साधारणसभा स्थगित भएको छ । स्वाप रेसियोको बिषय विवादित बनेपछि बैंकको साधारणसभा रोकिएको हो । उता टुरिजम बैंकको साधारणसभाले भने मर्जर प्रस्ताव पारित गरेको छ ।



मर्जर सम्झौता पारित गर्न साधारणसभा बोलाएका दुई बैंक मध्ये एउटाको साधारणसभाले प्रस्ताव पारित गर्ने र अर्कोको रोकिएपछि लगानीकर्ताहरु झनै अन्योलमा परेका छन् । यी दुई बैंक मर्जर प्रक्रियामा गएपछि सेयर कारोबार रोकिँदा लामो समयदेखि हजारौ लगानीकर्ताको करोडौको सम्पत्ति बन्धकमा परेको छ ।

दुई बैंकबीच मर्जर सम्झौता हुँदा टुरिजमको एक सय किता शेयर बराबर मेगाको ९५ किता सेयर हुनेगरी स्वाप रेसियो कायम गर्ने सम्झौता गरिएको थियो । तर डिडिएको प्रतिवेदनले स्वाप रेसियो ९१.९७ प्रतिशत कायम गरेको थियो ।

स्वाप रेसियो सम्बन्धमा विवाद उत्पन्न भएपछि साधरणसभामा सहभागीहरु दुई खेमामा बाँडिएका थिए । आ आफ्नो पक्षमा प्रोक्सी जुटाउन दिनभरी कसरत गरेपनि बैंक सचालक पक्षले पर्याप्त प्रोक्सी जुटाउन सकेन । जसले मर्जरको एजेण्डा पारित नहुने भएपछि कोरम नपुगेको भन्दै साधारणसभा स्थगित गरिएको हो ।

उता सेयर स्वाप रेसियोमा असन्तुष्ट पक्षहरुले उच्च अदालत पाटनमा साधरणसभा स्थगित गर्न माग गर्दे निवेदन समेत दर्ता गरका थिए । अदालतको आदेशको पर्खाइमा साधारणसभा संचालनमा ढिलाई गरिएको थियो । तर अबेलासम्म फैसला नआएपछि साधरणसभाको कोरम नपुगेको भन्दै स्थगित भएको हो ।

साधारणसभामा सहभागी अधिकांस सेयरधनीहरुले मर्जर सम्झौताको क्रममा दुवै बैंकका केही संचालकहरुले ठूलो मात्रामा इन्साइडर टेड्रिगं गरेको आरोप समेत लगाएका छन । भित्री कारोबारमा संलग्न हुनेहरुले नै बैंकलाई जबरजस्ती मर्जरमा लैजान खोजेको उनीहरुको दाबी छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।