गण्डकी विकास बैंकले २५ प्रतिशत हकप्रद बिक्री गर्न पायो अनुमति

Nov 21, 2017 merolagani

गण्डकी विकास बैक (GDBL) ले चुक्ता पूँजीको २५ प्रतिशत अर्थात चार बराबर एक कित्ताको अनुपात हकप्रद सेयर जारी गर्ने भएको छ । धितोपत्र बोर्डले बैंकलाई ४६ लाख ९ हजार ८१५ कित्ता सेयर विक्री गर्न अनुमति दिएको छ ।

फेवासँग मर्जपछि बैंकको चुक्ता पूँजी एक अर्ब ८४ करोड ३९ लाख २६ हजार रुपैयाँ पुगेको छ । हकप्रद सेयर पश्चात वैकको चुक्ता पूँजी दुई अर्व ३० करोड रुपैयाँ पुग्नेछ ।

बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोके वमोजिम नपुग चुक्तापूँजी आर्थिक बर्ष ०७३/७४ सम्मको सञ्चित नाफाबाट बोनश सेयर जारी गरी पुर्याइने बैंकले जनाएको छ । ०७३/७४ सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार चुक्ता पूँजीको २३ प्रतिशत सम्म बोनस सेयर जारी गर्न सक्ने क्षमता रहेको बैंकले जनाएको छ ।

फेवा विकास बैंकसँग मर्ज भएको बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा ५ करोड ३९ लाख खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ११ रुपैयाँ ७० पैसा कायम गरेको छ ।

बैंकको जगेडा कोषमा ९८ लाख ८३ हजार सञ्चित छ । बैंकको प्रतिसेयर नेटवर्थ भने १५३ रुपैयाँ छ भने खराब कर्जा १.४० प्रतिशत छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।