समीट माइक्रोफाइनान्सले खराब कर्जा घटाउदा पनि नाफामा गिरावट

Nov 21, 2017 merolagani

समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक (SMFDB) ले चालू आर्थिक बर्षको पहिलो तीन महिनामा ८२ लाख ५ हजार नाफा कमाएको छ । जुन गत वर्षको सो अवधिको तुलनमा २०.१६ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा कम्पनीले १ करोड २ लाख रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी सामान्य बढेपनि संचालन मुनाफा घटेपछि बैंकको नाफा घट्न पुगेको हो । ७ करोड २५ लाख रुपैयाँ चुक्तापूँजी भएको समिटको जगेडा कोषमा ८ करोड ९६ लाख रुपैयाँ राखेको छ ।

चुक्ता पुँजी बढाउने क्रममा समिटले गत वर्षको कमाईबाट ३४.४८ प्रतिशत बोनस सेयर र १०.५२ प्रतिशत नगद लाभांश दिने घोषणा पनि गरेको छ । गत भदौमा कम्पनीले ७ लाख २५ हजार कित्ता हकप्रद समेत बिक्री गरेको थियो ।

यस अवधिमा कम्पनीले ४८ करोड ९९ लाख रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २६ करोड २८ रुपैयाँ कर्जा लगानी गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३२ पैसा, मूल्य आम्दानी अनुपात १८४ रुपैयाँ ३२ पैसा र प्रतिशेयर नेटवर्थ २३० रुपैयाँ १८ पैसा रहेको छ । कम्पनीको खराब कर्जा ०.३३ प्रतिशत छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।