चार सय प्रतिशत हकप्रद बेच्न ग्रीन डेभलपमेन्ट बैंकलार्इ अनुमति

Nov 21, 2017 Merolagani

ग्रीन डेभलपमेण्ट बैंक (GRDBL) ले चुक्ता पूँजीको चार सय प्रतिशत बराबरको हकप्रद जारी गर्ने भएको छ । धितोपत्र बोर्डले मंसिर ३ गते  बैंकले दिएकाे निवेदन स्वीकृत गरेपछि हकप्रद जारी गर्न बाटो खुलेको हो । 

ग्रीन डेभलपमेन्ट बैंकले हकप्रद निष्काशन गर्न लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरको ४० लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ ।

१० करोड रुपैयाँ चुक्ता पूँजी रहेको र बाग्लुङ्गलाई केन्द्रमा राखेर बैंकिङ्ग सेवा प्रदान गर्दे आएको तीन जिल्ले विकास बैंकले राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गर्न भारी मात्रामा (एक बराबर चार कित्ता) हकप्रद जारी गर्न लागेको हो । हकप्रद बिक्री पश्चात बैंकको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्नेछ ।

गत आर्थिक बर्षमा बैंकले ३० लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६ पैसा कायम गरेको छ । बैंकको जगेडा कोष ७० लाख ऋणत्मक रहेकाले बोनस सेयर वितरण गर्ने अवस्था भने छैन । बैंकको सेयरमूल्य मंगलबार प्रतिकित्ता ५५८ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

उता गण्डकी विकास बैंकलाई पनि बोर्डले ४६ लाख ९ हजार ८२५ कित्ता हकप्रद जारी गर्न सोमबार अनुमति दिएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।