समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० करोड रुपैयाँमा नै कायम रहँदा निक्षेप संकलन र कर्जा परिचालन दुबै घटेको छ । समीक्षा अवधिमा बैकको निक्षेप संकलन पनि ४८ करोड ४४ लाख रुपैयाँबाट घटेर ४५ करोड ७१ लाख तथा कर्जा लगानी पनि ३८ करोड ५५ लाखबाट घटेर ३६ करोड ८० लाखमा झरेको हो ।
व्यवसाय विस्तार गर्न नसक्दा बैंकको खुद व्याज आम्दानी ३३ लाख रुपैयाँले घटेर ५५ लाख ९८ हजार मात्र गर्न सफल भएको हो । बैंक एक करोड ९९ लाख ५३ हजार रुपैयाँ सञ्चालन नोक्सानीमा देखिएको छ ।
निष्कृय कर्जा अनुपात ३.७२ प्रतिशतले बढेर ८.३५ प्रतिशतमा पुगेपछि बैंकले एक करोड ९७ लाख रुपैयाँ कर्जा नोक्सानी वापत व्यवस्था गर्नुपरेको छ । साझाको जगेडा कोष एक करोड ९२ लाख ३५ हजार रुपैयाँले ऋणात्मक छ ।
बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७० पैसाले नोक्सानीमा रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ भने ८० रुपैयाँ ७६ पैसा छ ।
साझा विकास बैंक एक्वायरमा गएर देव विकास बैकसँग कात्तिक २३ गतेदेखि विलय भई एकीकृत कारोबार सुरु गरेकाले साझा विकास बैंकको यो नै अन्तिम प्रतिवेदन बन्न पुगेको हो ।