समीक्षा अवधिमा ङादीले बिजुली बिक्रीबाट हुने आम्दानी ४ करोड २३ लाखबाट बढाएर ५ करोड ३ लाख ९० हजार पारेको छ । जुन १९.१२ प्रतिशतले धेरै हो । कम्पनीले अन्य स्रोतबाट समेत एक लाख ५९ हजार ९१ रुपैयाँ पनि आम्दानी गरेको देखिन्छ । कम्पनीकाे प्रगतिकाे तुलनात्मक अवस्था यस्ताे देखिन्छ ।
नाेट: रकमलार्इ हजारमा तथा प्रतिसेयर अाम्दानी बार्षिकिकरण गरि रूपैयाँमा प्रस्तुत गरिएकाे छ ।
कम्पनीले चुक्ता पूँजी १० प्रतिशत बोनस सेयर वितरण गरि ४८ करोड ६८ लाखबाट बढाएर ५३ करोड ५५ लाख पुर्याएको छ । उसकाे एक करोड रुपैयाँ लगानी बढेर ९ करोड पाँच लाख रुपैयाँ पुगेको छ ।
चालु आर्थिक बर्षको प्रथम त्रैमास सम्ममा कम्पनीको चालु सम्पत्ति १४ करोड ३८ लाख तथा दायित्व पाँच करोड ५६ लाख रुपैयाँको रहेको छ । यस अवधिमा उसको बैंक मौज्दात ८४ लाख ८९ हजार रुपैयाँ तथा सञ्चालन नाफा ११ प्रतिशतले बढेर चार करोड २५ लाख रुपैयाँ आर्जन गरेको देखिन्छ । तर कम्पनीको जगेडा कोषको रकम झण्डै १५ प्रतिशतले घटेको छ ।
ङादीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ९६ पैसा छ भने प्रतिसेयर नेटवर्थ भने १०४ रुपैयाँ ९७ पैसा रहेको छ । उसले ५३ करोड ५५ लाख रुपैयाँको ३० हकप्रद जारी गर्ने प्रस्ताव असाेज ६ गतेकाे साधारण सभाबाट पारित गरिसकेकाले हकप्रदपछि उसको पूँजी करिब ७० करोड पुग्ने देखिन्छ ।