सेयर बजारमा सामान्य गिरावट, 'पर्ख र हेर' को अवस्थामा लगानीकर्ता

Dec 11, 2017 Merolagani

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको देश व्यापी परिणाम सार्वजनिक हुँदै गरेर बाम गठबन्धको सरकार बन्ने बाटाेतर्फ जाँदा साेमबारकाे सेयर बजारमा सामान्य गिरावट अाएको छ । लगानीकर्ता 'पर्ख र हेर' को अवस्थामा रहेकाले परिसूचक घटेकाे छ भने कारोबार रकममा समेत कमी आएको छ । 

यद्यपी आईतबारको तुलनामा सोमबार बजार घट्ने क्रममा केही सुधार आएर २.७४ अंकले मात्र ओरालो लागेको छ । आईतबार सेयर बजार ६.०५ अंकले घटेको थियो ।


सोमबार बजार खुलेपछि बजार ४५ मिनेटपछि ओरालो लाग्न थालेको थियो । ओरालो लाग्ने क्रममा १५२१ अंंकमा झरेको बजारमा बन्द हुने बेलामा सुधार भएर १५२७.७५ अंकमा बन्द भएको छ ।

यसदिन १५७ कम्पनीको ८ लाख ५६ हजार कित्ता शेयर ४६ करोड ४५लाख रुपैयाँमा किनबेच भयो । आईतबार सेयरबजारमा ८४ करोड ७० लाख बराबरको सेयर किनबेच भएको थियो । कारोबार रकममा ३८ करोड रुपैयाँले गिरावट आएको हो ।

सोमबार सबैभन्दा बढी स्ट्यान्डर्ड चार्टड बैंकको ६ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । चार्टडले शतप्रतिशत बोनस सेयर घोषणा गरेपछि कम्पनीको सेयर किनबेचमा चाप परेको हो । बैंकको आईतबार २६ करोड ९७ लाख रुपैयाँको कारोबार भएको थियो ।

प्राइम लाइफ इन्स्योरेन्स प्रोमोटरको ४ करोड ७५ लाखको कारोबार भएको छ । बुटवल पावर कम्पनी, नविल बैंक प्रोमोटर, नेपाल टेलिकम, एभरेष्ट बैंक, चिलिमे हाइड्रो र नेपाल इन्भेष्टमेन्ट बैंकको पनि एक करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

दश उपसमुहको कारोबारमा दुई समूहमा हरियाली अाउँदा बाँकी ८ समुहमा रातो रङ्ग पोतिएको छ । सबैभन्दा बढी बीमा समूह २६.७३ अंकले घटेको छ भने वित्त समूह सबैभन्दा कम ०.९४ अंकले झरेको छ । अन्य समूह ०.८७ र उत्पादन समूह ०.५६ अंकले उकालो लागेका छन् ।

सोमबारको बजारमा एभरेष्ट बैंकको कन्फेन्सियल सेयरको मूल्य सबैभन्दा बढी ७.४७ प्रतिशतले बढेको छ । महुली लघुवित्त, काबेली विकास बैंक, बरुण हाईड्रोपावर र लक्ष्मी लघुवित्तका सेयरधनीले ३ प्रतिशत बढीले कमाएका छन् । यस दिन ५२ कम्पनीका सेयरधनीले कमाएका छन्र भने अन्य कम्पनीका सेयरधनीले गुमाएका छन् ।

नेशनल माइक्रोफाइनान्स, चिलिमे हाईड्रो, सांग्रीला विकास बैंक, सिनर्जी पावर र गोर्खाज फाइनान्सका सेयरधनीले ३ प्रतिशत बढीले गुमाएका छन् । त्यस्तै नेरुडे लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंक, ङादी गु्रप पावर, युनाइटेड मोदी हाइड्रो, एनएमबि माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाउने सूचीमा परेका छन् ।

लगानीकर्ताको सम्पत्ति नाप्ने बजार पूँजीकरण सोमबार १७ खर्ब ७५ अर्ब रुपैयाँमा समेटिएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।