३ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी भएको माइक्रोफाइनान्सको आइपिओ पश्चात चुक्ता पूँजी ५ करोड ५० लाख पुग्नेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको उन्नतिले लुम्बिनी अञ्चलका पाँच जिल्ला रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँचीसहित प्युठान, मनाङ, मुस्ताङ, पर्वत लगायत दश जिल्लामा वित्तीय सेवा दिँदै आएको छ ।
कम्पनीले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा ४५ लाख १० हजार रुपैयाँ खुद नाफा नाफा कमाएको छ भने जगेडा कोषमा एक करोड ९३ लाख रुपैयाँ सञ्चित रहेको छ । यसअवधिमा कम्पनीले १९ करोड १२ लाख रुपैयाँ निक्षेप संकलन गरको छ भने ६७ करोड ४० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।