साताको सेयर कारोबारमा सुधार, यस्ता छन धेरै कमाउने र गुमाउने कम्पनी

Dec 16, 2017 merolagani

भ्याटको बिषयले चर्चा पाएको यो साताको सेयरबजारमा गिरावट आएपनि सेयर कारोबारमा भने सुधार आएको छ । गत साताको तुलनामा यो साताको सेयरबजार परिसूचक नेप्से १६ अंक बढीले ओरालो लागेको छ भने बजार घट्दै जादा सेयर खरिद गर्नेहरु बढेपछि कारोबार रकममा ६१ प्रतिशतको सुधार आएको छ ।

 

साताको नेप्से परिसूचक गत साताको अन्तिम दिन विहीबारकोे तुलनामा १६.३९ अंकले घटेको छ भने यो साताको पहिलो दिन आइतबारको तुलनामा १०.३४ अंकले घटेर अन्तिम दिन १५२०.१५ अंकमा पुगेको छ । भ्याटको बिषयले चर्चा पाएको सातभरको सेयरबजार पाँच कारोबार दिनमध्ये एक दिन मात्र सकारात्मक रह्यो । 

। यस साता नेपाल स्टक एक्सचेन्जमा १७९ कम्पनीहरुको दुई अर्ब ९२ करोड ८३ लाख छ हजार रुपैयाँ बराबरका ५७ लाख ९५ हजार कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ६१.५४ प्रतिशत बढी हो । साता १७३ कम्पनीहरुको एक अर्ब ८१ करोड २७ लाख ८२ हजार रुपैयाँ बराबरका ३३ लाख ७० हजार छ सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।


यस साता कारोबारमा आएका दश उपसूचकमध्ये उत्पादन र अन्य सूचक मात्र सकारात्मक रहेका छन् । व्यापार समूहमा कुनै परिवर्तन आएन भने बाँकी समूह ओरालो लागेका छन् ।


यस साता ललिपुर फाइनान्सको सेयरमूल्य सबैभन्दा बढी २४ प्रतिशतले बढेको छ । यसै साता यो कम्पनीले समस्याग्रस्त संस्थाबाट मुक्त भएको हो । महुली लघुवित्त, कुर्वेर मर्चेन्ट, बोटलर्स नेपाल काबेली विकास बैंक लगायतका सेयरधनीले कमाएका छन् । कुर्वेर मर्चेन्ट पनि यसै साताबाट समस्याग्रस्तबाट मुक्त भएको हो ।

यस साता हिमालयन जनरल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यो कम्पनीको सेयरमूल्य ११ प्रतिशत बढीले घटेको छ । त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंक छ्याङ्दी हाइड्रो लगायतका कम्पनी धेरै गुमाउनेमा परेका छन् ।

 

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।