पछिल्लो एक महिनामा सबैभन्दा धेरै सेयरमूल्य घट्ने १० कम्पनी कुन् कुन हुन ? (तथ्यांकमा हेर्नुहोस्)

Jan 10, 2018 Merolagani

सेयर बजारमा देखिएको उतारचढावका बिच पछिल्लो एक महिनामा अधिकांस कम्पनीहरुको सेयर मूल्य फराकिलो अन्तरले सस्तो बनेका छन् । सन् २०१७ को डिसेम्बर ७ देखि २०१८ को जनवरी ९ तारिखसम्ममा हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य सबैभन्दा सस्तो बनेको छ । एक महिनाको यो अवधिमा धेरै सेयरमूल्य घट्नेमा ४ विकास बैंक, ३ बीमा कम्पनी, २ जलविद्युत कम्पनी र एउटा फाइनान्स कम्पनी परेका छन् ।

बजारमा पछिल्ला दिनमा देखिएको उतारचढावका बिच वाणिज्य बैंकहरुमा देखिएको तरलता अभावले पछिल्लो महिना सेयर बजारलाई नराम्रो प्रभाव पार्यो । यस क्रममा बजार सूचक एक सय अंक बढीले तल झर्दा सबैभन्दा धेरै अर्थात २४ प्रतिशतले सेयरमूल्य तल झरेको कम्पनी काउण्ट डाउनको पहिलो स्थानमा परेको हो ।

निरन्तर तल झर्ने क्रममा बजार परिसुचक नेप्से १३९० अंकसम्ममा झरेको थियो । त्यस पछि सुधारको बाटो समातेको बजार मंगलबार १४५६ अंक माथि चढेको थियो । एक महिनाको यो अवधिमा नेप्सेमा आएको उतारचढावको तथ्यांकलाई चित्रमा हेरौं । click on image to view in large mode.

बजार सुचकमा आएको उतारचढाव जसरी नै कम्पनीहरुको सेयरमूल्यमा पनि उतारचढाव देखिएको छ । बजार सूचक उकालो लाग्ने क्रममा पछिल्लो ४ दिनमा झण्डै ४० अंकले उकालो लागेको छ । उक्त सुधार पछि हामीले तयार गरेको डिसेम्बर ६, २०१७ देखि जनवरी ९, २०१८ सम्मको यो तथ्यांकमा धेरै सेयर मूल्य घट्ने १० कम्पनीको काउण्ट डाउन यस्तो छ ।

उल्लेखित कम्पनीहरुको सेयर मूल्यमा तिब्र गिरावट देखिने क्रममा सांग्रिला डेभलपमेण्ट बैंकको ८० प्रतिशत हकप्रद सेयर समायोजन भएको छ । त्यसै गरी मितेरी डेभलपमेण्ट बैंकको ३१.४७ प्रतिशत बोनस, मुक्तिनाथ विकास बैंकको २० प्रतिशत बोनस र लुम्बिनी जनरल इन्स्योरेन्सको १२.८२ प्रतिशत बोनस समायोजन भएको छ । अरु कम्पनीहरुको सेयर मूल्यमा कुनै किसिमको समायोजन भएको छैन ।

अधिक सेयरमूल्य घटेको हिमालयन जनरल इन्स्योरेन्स अन्तिम कारोबार मूल्य ५११ रुपैंया छ । यो सेयरमूल्य इन्स्योरेन्सले लिलाम गरेको सेयर बितरणको न्युनतम मूल्य ६३४ भन्दा धेरै तल हो । यसले लिलामीको सेयर सकार्दा पनि होस पुर्याउनु पर्ने सन्देश लगानीकर्तालाई दिएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।