अमेरिकामा आर्थिक संकटको संकेत सेयरबजारमा भिषण पहिरो

Feb 06, 2018 merolagani

अमेरिकी शेयर बजारमा एक दशक अघिको आर्थिक संकटयता एक दिनमा सबैभन्दा ठूलो गिरावट आएको छ। शेयर मूल्यमा देखिएको गिरावटले यसअघि सन् २००८ मा भएको गिरावटलाई उछिनेको छ। सन् २००८ को आर्थिक संकटका बेला ७७७.६८ अंकले शेयर मूल्यमा गिरावट भएको थियो।



प्रतिशतको हिसाबले सन् २०११ को अगष्टमा अमेरिकी शेयर मूल्यमा भएको गिरावटयताकै यो सबैभन्दा धेरै हो। शेयर मूल्यमा ११ सयभन्दा बढी अंकले गिरावट आएको विवरणहरूमा उल्लेख छ।

बिबिसिका अनुसार शेयर मूल्यमा एकै दिन ११ सयभन्दा बढी अंकले गिरावट आएकोे छ । कुल ४.६ प्रतिशतको गिरावटसहित डाऊ जोन्सको कारोबार बन्द भएको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक गतिविधि तथा बिलिनियर व्यपारीको पक्षमा मात्रै निर्णय गरेको भन्ने आशयका समाचार सार्वजनिक हुनु र बजार कीर्तिमानी तवरले घट्नुको पछाडि अन्य खास कारणहरु पनि रहेको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

शुक्रवार अमेरिकी श्रम मन्त्रालयले रोजगारीको संख्या सार्वजनिक गरेको थियो । जुन अपेक्षा गरिएभन्दा बढी तलबमा वृद्धि हुने देखाएको थियो । त्यसपछि कम मूल्यमा शेयर विक्री बढेको हो । जसले बजारलाई नराम्ररी प्रभावित पारेको छ ।

तलबमा वृद्धि भए मानिसहरूले बढी खर्च गर्ने र त्यसले मुद्रास्फिति बढ्ने बताइएको छ । शेयरको मूल्यको आकलन बढी गरिएको चिन्ताका माझ महिनौँदेखि बजारमा भएको वृद्धिपछि पछिल्लो गिरावट शेयर बजारमा देखिएको हो ।

ह्वाइट हाउसका एकजना प्रवक्ताले शेयर बजारमा बेलाबखत उथलपुलथ हुन सक्ने बताएका छन्। तर उनका अनुसार राष्ट्रपति डोनल्ड ट्रम्पले देशको दीर्घकालीन आर्थिक अवस्थामा ध्यान केन्द्रित गरेका छन् जुन अपवादको रूपमा बलियो रहेको छ।

ह्वाइट हाउसले भनेको छ, “शेयर मूल्यमा गिरावट आउँदा हामी सधैँ चिन्तित हुने गर्छौँ। तर हामी आर्थिक अवस्थाप्रति ढुक्क छौँ।“ एजेन्सिको सहयोगमा

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।