दरवाङ्ग आयोजनामा ५ बैंकले ३५० करोड लगानी गर्ने, ३० प्रतिशत सेयर सर्वसाधारणलाई

Feb 14, 2018 merolagani

म्याग्दीको म्याग्दि खोलामा निर्माण हुने २५ मेगावाटको दरवाङ्ग म्याग्दि जलविद्युत आयोजनामा चार वाणिज्य बैंक र दुई विकास बैंकले लगानी गर्ने भएका छन् । फाल्गुण २ गते कम्पनी र बैंकहरुबीच जलविद्युत उत्पादनको लागि वित्तिय व्यवस्थापन सम्झौता भएको कम्पनीले जनाएको छ ।


उक्त आयोजनामा सानिमा बैंकको नेतृत्वमा प्रभू बैंक, कुमारी बैंक, सेन्चुरी बैंक, मुक्तिनाथ विकाश बैंक र महालक्ष्मी विकाश बैंकले ३ अर्ब ५० करोडको ऋण लगानी गर्ने भएका हुन । कुल लगानि ५ अर्ब १४ करोड रहने परियोजनामा बाँकी स्वपुँजि रहनेछ भने निर्माण अवधिमा नै स्वपुँजिको ३० प्रतिशत सर्वसाधारण शेयर जारी गरिने कम्पनीले जनाएको छ ।

सन् २००७ मा स्थापना भएको धौलागिरी कालिका हाइड्रो कम्पनीले म्याग्दि खोलामा २५ मेगावाटको जलविद्युत परियोजना आगामि ३ बर्ष ६ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोे छ ।

पानीको वहाभ ३१.४ घनमिटर प्रतिसेकेण्ड रहेको आयोजनाको ग्रस हेड १०४ मिटर रहेको छ । दरबाङको डुकुगाउँमा रहेको खोलाको पानीलाई ५ कि.मि. सुरुङ्ग निर्माण गरि २०० मिटरको पेनस्टक पाईपबाट पावरहाउसमा झारी विद्युत उत्पादन गरिनेछ । पावर हाउस र ईन्टेक सम्म नै सडक पहुँच रहेको परियोजनाको उत्पादीत विद्युत १४ किलोमिटर लामो १३२ के.भि. ट्रान्समिसन लाईन हुँदै प्रस्तावित डाँडाखेत सवस्टेसन मार्फत राष्ट्रिय प्रसारण लाईनमा जोडिनेछ ।

परियोजनामा स्थानिय लगानिकर्ताहरुका साथै म्याग्दि जिल्लामा जन्मिएर प्रवासमा रहनु भएका लगानि कर्ताहरुको वाहुल्यता रहेको छ । एनआरएनए हङ्गकङ्ग समुह, काठमाण्डौ म्याग्दि ईन्भेष्टमेण्ट कम्पनी र ग्लोवल फ्रेण्डसिप क्यापिटल लिमिटेड मुख्य प्रवद्र्धक रहको परियोजनामा एनआरएनएका एसिया प्रशान्त उप संयोजक विनोद कुँवर अध्यक्ष रहेका छन् ।

स्थानिय दरवाङ्ग क्षेत्रका साथै म्याग्दि जिल्ला हुदै समग्र राष्ट्र विकाशमा योगदान दिंदै समयमा परियोजना सम्पन्न गरि लगानिकर्ताहरुलाई उचित प्रतिफल दिने कम्पनीको लक्ष्य रहेको छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।