प्रधानमन्त्रीको दावी पेस गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिहान ९ बजे राष्ट्रपति कार्यलय पुगेका थिए ।
सो लगत्तै राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाले राजीनामाको घोषणा गरेका थिए । प्रधानमन्त्री देउवाले राजीनामा बुझाए लगत्तै राष्ट्रपतिले संविधानको धारा ७६ (२ )अनुसार ओलीलार्इ प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।
ओलीले आफूलाई प्रधानमन्त्री बनाउने भनी एमाले स्थायी समितिले गरेको निर्णयसम्बन्धी पत्र र माओवादी केन्द्रका ५३ सांसदको समर्थन रहेको प्रचण्डको पत्र राष्ट्रपतिलार्इ पेश गरेका थिए ।
दुर्इ सय ७५ सदस्यीय प्रतिनिधि सभामा एमालेका १ सय २१ र माओवादी केन्द्रका ५३ सदस्य छन्। बहुमतिय अकं गणितको आधारमा राष्ट्रपति भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । ओलीले आजै ४ बजे शपथ ग्रहण गर्ने र सानो आकारको मन्त्री मण्डल गठन हुने बताइएको छ ।