सेञ्चुरी बैंककाे साधारण सभा फागुन ३० गते, १० प्रतिशत लाभांश प्रस्ताव

Feb 15, 2018 Merolagani

सेञ्चुरी कमर्सियल बैंक (CCBL) ले फागुन ३० गते साधारण सभा गर्ने मिति निर्धारण गरेकाे छ । बैंकले विहीबार नेप्सेमार्फत ७ औ बार्षिक साधारण सभा गर्ने सूचना जानकारी गराएको हाे। साधारण सभाका लागि फागुन ११ गतेदेखि ३० गतेसम्म सेयरधनी किताब बन्द गर्ने बैंकले जनाएको छ । 

यसअनुसार फागुन १० गते बुधबारसम्म कायम रहेका सेयरधनीले मात्र  लाभांश पाउनेछन् । साधारण सभामा बैंकले ५ प्रतिशत बोनस र ५ प्रतिशत नै नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । साे प्रस्ताव माघ १८ गते सम्पन्न बैंक सञ्चालक समितिकाे २५४ औं बैठकले गरेको थियो । 

बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्स प्राप्तीपछि कायम चुक्ता पुँजी ७ अर्ब ६७ करोड ९४ लाख रुपैयाँको पाँच प्रतिशत अर्थात ३८ करोड ३९ लाख ७३ हजार ९२ रुपैयाँको बोनस सेयर विरण गर्नेछ ।

साे बोनस विरण गर्न सेञ्चुरीको नाफाबाट ३१ करोड ३५ लाख ५४ हजार ३२७ रुपैयाँ, अल्पाईनबाट ५ करोड ९८ लाख ३१ हजार ५६५ रुपैयाँ र सेतीबाट १ करोड ५ लाख ८७ हजार २०० रुपैयाँ बाँड्ने बैंकको प्रस्ताव छ ।

त्यस्तै, ५ प्रतिशत बराबरको ३८ करोड ३९ लाख ७३ हजार ९२ रुपैयाँ नगद लाभांश समेत प्रस्ताव छ । प्रस्तावित बोनस बैंकको सातौ बार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ । बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ६ करोड ३४ लाख ३४ हजार रुपैयाँ पुग्नेछ ।

चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ३२ करोड ५१ लाख रुपैयाँ र प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४७ पैसा रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।